Trending
Prev Story
Next Story

अमेरिकाको निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

Nagarik News •
October 27, 2026 • 09:08 AM
2
2 reads 0 reactions

ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर विभिन्न सर्वेक्षणमा ३२ देखि ४१ प्रतिशत देखिएको छ।

अमेरिकाको निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक दिशा निर्धारण गर्ने मध्यावधि निर्वाचन नोभेम्बर ३ मा हुँदैछ।

कङ्ग्रेसका दुवै सदन, ३६ राज्यका गभर्नर र हजारौँ राज्यस्तरीय पदका लागि हुने निर्वाचनमा राजनीतिक विज्ञापनमा करिब १२ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ।

प्रतिनिधि सभाका ४३५ सिटमध्ये बहुमतका लागि २१८ सिट आवश्यक पर्छ। अहिले रिपब्लिकनसँग २१८ र डेमोक्रेटसँग २१४ सिट छन्।

डेमोक्रेटले बहुमतका लागि कम्तीमा तीन सिटको खुद लाभ लिनुपर्नेछ। सिनेटका ३५ सिटमा पनि निर्वाचन हुँदैछ।

अहिले रिपब्लिकनसँग ५३ र डेमोक्रेटलाई समर्थन गर्ने दुई स्वतन्त्र सदस्यसहित ४७ सिट छन्।

सिनेटको नियन्त्रण लिन डेमोक्रेटले चार सिटको खुद लाभ लिनुपर्नेछ।

मत सर्वेक्षणमा डेमोक्रेटले राष्ट्रिय स्तरमा अग्रता देखाएका छन्। पीबीएस न्युज, एनपीआर र मेरिस्टको सर्वेक्षणमा डेमोक्रेटलाई ५३ प्रतिशत र रिपब्लिकनलाई ४१ प्रतिशत समर्थन प्राप्त भएको थियो।

ट्रम्पको कार्यसम्पादनप्रतिको अनुमोदन दर विभिन्न सर्वेक्षणमा ३२ देखि ४१ प्रतिशत देखिएको छ।

एनबीसी न्युजको सर्वेक्षणमा ५५ प्रतिशतले उहाँका नीतिले अर्थतन्त्रलाई हानि पुर्‍याएको र २६ प्रतिशतले सहयोग गरेको बताएका थिए।

विज्ञापन अनुगमन कम्पनी एडइम्प्याक्टले यस निर्वाचन चक्रमा विज्ञापन खर्च ११ अर्ब ६० करोड डलर पुग्ने अनुमान गरेको छ।

काइनेटिक पोलिटिकल इनसाइट्सको अनुमान ११ अर्ब ९६ करोड डलर छ। सन् २०२२ को मध्यावधि निर्वाचनमा आठ अर्ब ९० करोड डलर खर्च भएको थियो।

क्यालिफोर्नियाको गभर्नर पदको प्रारम्भिक निर्वाचनमा मात्रै ३३ करोड डलर विज्ञापनमा खर्च भएको थियो।

यस वर्ष कङ्ग्रेसका प्रारम्भिक निर्वाचनमा दुई हजार ४९७ उम्मेदवार सहभागी भएका थिए।

प्रतिनिधि सभाका ४४ प्रतिस्पर्धामा सन् २०२४ का प्रमुख दलका उम्मेदवार पुनः भिड्दैछन्।

राज्य तथा स्थानीय निर्वाचनसमेत जोड्दा देशभर यस्ता पुनः प्रतिस्पर्धा ४७४ पुगेका छन्।

प्रकाशित: १० कार्तिक २०८३ १४:५३ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
अमेरिकी डलरको मूल्य १५१ रुपैयाँ नाघ्यो

अमेरिकी डलरको मूल्य १५१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०६ पैसा कायम भएको छ। त्यस्तै, युरोको बि...

#डलर
Compare →
Bizshala
1d ago
डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

डलर १९ महिनायताकै उच्च विन्दुमा, तेलको मूल्य २.५५ प्रतिशतले बढ्यो

काठमाडौं । अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी महिना अपेक्षाभन्दा बढी ब्याजदर वृद्धि गर्न सक्ने सम्भावना...

#डलर
Compare →
Onlinekhabar
2d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#डलर
Compare →
Arthasansar
2d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर
Compare →

Related Stories

World News
Build #2612