Trending
Prev Story
Next Story

रसुवा बाढी : २० अर्ब ९० करोड बढीको दाबी, ८२ करोडको भुक्तानी हुँदा कुनको कति ?

Arthasansar •
October 27, 2026 • 09:02 AM
2
2 reads 0 reactions

गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका भौतिक संरचना, सवारी साधन तथा...

रसुवा बाढी : २० अर्ब ९० करोड बढीको दाबी, ८२ करोडको भुक्तानी हुँदा कुनको कति ?

गत भदौ १० गते रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण क्षति पुगेका भौतिक संरचना, सवारी साधन तथा अन्य सम्पत्तिको बीमा दाबी भुक्तानी ८२ करोड १३ लाख ९० हजार रुपैयाँ पुगेको छ । बीमा कम्पनीले अग्रिम दाबी भुक्तानी सहित सो भुक्तानी गरेका हुन् ।

बाढीको प्रारम्भिक दाबी २० अर्ब ९० करोड ४९ लाख ४१ हजार रुपैयाँ रहेकोमा हालसम्म बीमा कम्पनीहरूले उक्त रकम बराबरको दाबी भुक्तानी गरेका हुन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार, भोटेकोशी र त्रिशूली  बाढीका कारण क्षति भएका २ हजार ४९१ वटा दाबी परेका छन् । प्राधिकरणका अनुसार सबैभन्दा धेरै दाबी रकम हिमालयन एभरेष्ट इन्स्योरेन्समा परेको छ । हिमालयन एभरेष्टमा २०९ बीमितबाट ६ अर्ब ६१ करोड ५५ लाख  ४५ हजार रुपैयाँको दाबी परेको छ । कम्पनीले दाबी परेकोमध्ये २३ करोड २३ लाख ३९ हजार रुपैयाँ भुक्तानी गरिसकेको छ ।

त्यसैगरी, सानिमा जिआईसी इन्स्योरेन्समा १९२ बीमितबाट ३ अर्ब ४३ करोड ६ लाख रुपैयाँ दाबी परेको छ । यस कम्पनीले दाबी परेकोमध्ये ७६ लाख रुपैयाँको भुक्तानी गरेको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणका अनुसार शिखर इन्स्योरेन्समा ४५९ बीमितबाट २ अर्ब ६३ करोड ९१ लाख रुपैयाँको दाबी परेको छ । यस कम्पनीले २१ करोड ४७ लाख रुपैयाँ बराबरको  भुक्तानी गरिसकेको छ । यसैगरी, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ अर्ब ७५ करोड ९१ लाख रुपैयाँ दाबीमध्ये सबैभन्दा बढी २६ करोड ६३ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले हालसम्म ८० लाख, नेको इन्स्योरेन्सले ५७ लाख, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ करोड ६३ लाख, युनाइटेड अजोड इन्स्योरेन्सले २ करोड ५४ लाख, द ओरिएन्टल इन्स्योरेन्सले ४ करोड ३६ लाख भुक्तानी गरिसकेका छन् ।

बीमालेखको प्रकारका आधारमा हेर्दा सम्पत्ति बीमा अन्तर्गत ५७६ बीमितबाट ९ अर्ब ५६ करोड ३५ लाख रुपैयाँको दाबी परेकोमा १६ करोड २८ लाख भुक्तानी भएको छ । इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १७४ बीमितबाट ४ अर्ब ४० करोड १७ लाख रुपैयाँ दाबी परेकोमा १७ करोड ४० लाख रुपैयाँ भुक्तानी गरिएको छ । सबैभन्दा बढी १०६७ बीमितले मोटर बीमातर्फ दाबी गरेका छन् । जसको कुल रकम २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ रहेकोमा २३ करोड ६६ लाख रुपैयाँ भुक्तानी भइसकेको छ । त्यसैगरी, परिवहन बीमातर्फ २ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ दाबी परेकोमा २३ करोड ८९ लाख रुपैयाँ भुक्तानी भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#बाढी #भोटेकोशी
Compare →
Onlinekhabar
16h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भुक्तानी
Compare →
Nagarik News
1d ago
धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

धार्मिक आस्था र किंवदन्तीले घेरिएको रसुवाको भैरवकुण्ड

रसुवाको गोसाइँकुण्ड क्षेत्रमा अवस्थित भैरवकुण्ड अन्य कुण्डभन्दा फरक धार्मिक मान्यता, किंवदन्ती र जनविश्वासका कारण विशिष्ट पहिचान बोकेको तीर्थस्थल हो।

#रसुवा
Compare →
Ekantipur
1h ago
२८ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२८ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#कुन #कति
Compare →

Related Stories

Science & Climate
Build #2612