Trending
Prev Story
Next Story

कात्तिक १५ अघि धान नकाट्न आग्रह, वर्षाले बाली बिगार्ने जोखिम

Bizshala •
October 27, 2026 • 06:01 AM
2
2 reads 0 reactions

काठमाण्डौ । सम्भावित वर्षाका कारण पाकिसकेको धानबालीमा क्षति हुनसक्ने भन्दै कृषि विकास कार्यालय धादिङले कृषकलाई...

कात्तिक १५ अघि धान नकाट्न आग्रह, वर्षाले बाली बिगार्ने जोखिम

काठमाण्डौ । सम्भावित वर्षाका कारण पाकिसकेको धानबालीमा क्षति हुनसक्ने भन्दै कृषि विकास कार्यालय धादिङले कृषकलाई कात्तिक १५ गतेपछि मात्र धान काट्न आग्रह गरेको छ।

कार्यालयले जारी गरेको ‘धानबाली काट्ने तथा भित्र्याउने सम्बन्धी’ सूचनामा कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै अहिले नै धान काट्दा भिज्ने, कुहिने वा उत्पादनमा क्षति पुग्न सक्ने चेतावनी दिएको छ।

कार्यालयका अनुसार पाकिसकेको र काट्नैपर्ने अवस्थामा रहेको धान भने सम्भव भएसम्म आजै सुरक्षित रूपमा भित्र्याइसक्न उचित हुनेछ। तत्काल भित्र्याउन नसकिने अवस्था भए मौसम सुधार नहुँदासम्म धान नकटाई खेतमै राख्न सुझाव दिइएको छ।

त्यस्तै, अझै पूर्ण रूपमा नपाकेको धान भएको खेतमा पानी जम्न नदिन कुलो वा नाली खोलेर निकासको व्यवस्था गर्न कृषकलाई आग्रह गरिएको छ।

हावाहुरी वा वर्षाका कारण धान ढलेको अवस्थामा बाला पानीमा डुबेर बिग्रन सक्ने भएकाले मुठो पारेर ठड्याउने वा सम्भव भए अग्लो भागमा राख्ने उपाय अपनाउन कार्यालयले सुझाएको छ।

धान काट्ने समयमै वर्षा भएमा उत्पादनको गुणस्तर, तौल र भण्डारण क्षमतामा समेत असर पर्न सक्ने भएकाले मौसम पूर्वानुमान हेरेर मात्र कटानी र भित्र्याउने काम गर्न कृषि विकास कार्यालयले कृषकलाई सचेत गराएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
गुल्मीमा असिना पानीले धानबालीमा क्षति

गुल्मीमा असिना पानीले धानबालीमा क्षति

२७ कात्ति, गुल्मी । धान भित्र्याउने तयारीमा रहेका गुल्मीका किसानलाई तिहारको भाइटीकाको दिन परेको असिनापानीले निराश बनाएको छ । असिनापानीका कारण जिल्लाको इस्मा गाउँपालिका–१ भराह, गुर्वामा पाक्न लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । गुर्वामा मात्रै …

#धान #धानबाली #बाली
Compare →
Ekantipur
22h ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #बाली
Compare →
Hamro Patro News
41m ago
आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

आज सामान्यतया सफा रहने, भोलिदेखि उच्च भूभागमा वर्षा, हिमपात र असिना पर्न सक्ने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टा देशका केही हिमाली तथा पहाडी भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । शनिबार मौसमसम्बन्धी जानकारी दिँदै मौसमविद् निष्ठा निरौलाले...

#वर्षा
Compare →
Nagarik News
5h ago
छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठको दिन पश्चिम नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

छठ पर्वको दिन नेपालको पश्चिमी आधा भागमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।

#वर्षा
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612