Trending
Prev Story
Next Story

सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा पाकिस्तानी लेजेन्ड मिसबाह उल हक

Onlinekhabar •
October 16, 2026 • 12:42 PM
3
3 reads 0 reactions

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पहिलो र दोस्रो सिजन टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले …

सुदूरपश्चिम रोयल्सको प्रशिक्षकमा पाकिस्तानी लेजेन्ड मिसबाह उल हक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले पाकिस्तानका पूर्वकप्तान मिसबाह उल हकलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पहिलो र दोस्रो सिजन टोलीको मुख्य प्रशिक्षक रहेका जगत टमाटाको स्थान मिसबाहले लिनेछन् ।

पाकिस्तानका सफल ब्याटरमध्ये एक मिसबाहले आफ्नो अन्तर्राष्ट्रिय खेलजीवनमा तीनवटै प्रारूपमा देशको प्रतिनिधित्व गरेका छन् । उनले पाकिस्तानका लागि ७५ टेस्ट, १६२ एकदिवसीय अन्तर्राष्ट्रिय र ३९ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् ।

टेस्ट क्रिकेटमा उनले ५ हजार २२२ रन बनाएका छन्। यस क्रममा १० शतक र ३९ अर्धशतक प्रहार गरेका मिसबाहको उच्च स्कोर १६१ रन हो। एकदिवसीय अन्तर्राष्ट्रियमा उनले ५ हजार १२२ रन बनाएका छन्। उक्त प्रारूपमा उनको उच्च स्कोर ९६ रन हो। टी–२० अन्तर्राष्ट्रियमा भने उनले ७८८ रन बनाएका छन्। उनको उच्च स्कोर ८७ रन हो।

खेलाडीका रूपमा मात्र नभई कप्तानका रूपमा पनि मिसबाहको उपलब्धि उल्लेखनीय छ। उनले पाकिस्तानको टेस्ट टोलीको कप्तानीमा ५६ खेलबाट २६ जित दिलाएका थिए। उनको नेतृत्वमा पाकिस्तान सन् २०१६ मा पहिलोपटक आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा पुगेको थियो।

मिसबाहले सन् २०१५ को एकदिवसीय विश्वकपपछि सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका थिए। सन् २०१७ मा टेस्ट क्रिकेटबाट पनि संन्यास लिएपछि उनले प्रशिक्षकको भूमिका सम्हालेका थिए। सन् २०१९ देखि २०२१ सम्म उनी पाकिस्तानको राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक तथा प्रमुख छनोटकर्ता रहेका थिए।

एनपीएलको पहिलो र दोस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले लिग चरणमा शीर्ष स्थान हासिल गर्दै फाइनलसम्मको यात्रा गरेको थियो। तर, उपाधि भिडन्तमा टोली पराजित भएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
21h ago
अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

अन्तिम ओभरमा १६ रन जोगाउँदै सुदूरपश्चिम प्लेअफमा, काठमाडौं स्तब्ध

नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ। अघिल्ला दुई सिजनको फाइनलमा पराजित भएको सुदूरपश्चिम लगातार तेस्रो सिज...

#एनपीएल #प्रिमियर-लिग #सिजन
Compare →
Arthasansar
21h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
20h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
20h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम #रोयल्स
Compare →

Related Stories

Technology
Build #2612