Trending
Prev Story
Next Story

कर्कट ३० असोज २०८३, शुक्रबार

Onlinekhabar •
October 16, 2026 • 12:42:32 PM
2
2 reads 0 reactions

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

कर्कट ३० असोज २०८३, शुक्रबार

आजको गहिरो सोच र आत्मचिन्तनले जीवनमा नयाँ दिशा पहिल्याउन सहयोग गर्नेछ । अधिकार प्राप्तिका लागि हुने प्रतिस्पर्धामा सफलता हासिल गर्न सकिनेछ । धार्मिक गतिविधि तथा समाजसेवातर्फ मन आकर्षित हुनेछ र अरूको हितमा काम गर्दा आत्मसन्तुष्टि मिल्नेछ । प्रेम तथा मित्रताको सम्बन्ध अझ आत्मीय बन्नुका साथै दाम्पत्य जीवनमा पनि सुखद् समय बित्नेछ । कसैको दुःखमा साथ दिन सक्नु आजको सबैभन्दा सुन्दर उपलब्धि बन्न सक्छ ।

कर्कट राशिका जातकका लागि सामाजिक मान–प्रतिष्ठा बढ्नुका साथै कला तथा साहित्यका क्षेत्रमा विशेष रुचि जाग्नेछ । घर तथा जग्गा खरिद–बिक्रीको योग रहेको छ । मुद्दा–मामिलामा सफलता प्राप्त हुनसक्छ । महिनाको उत्तरार्धदेखि आफ्नो अधिकार प्राप्तिका लागि केही संघर्ष गर्नुपर्ने अवस्था आउनसक्छ । नजिकका व्यक्तिबाट कार्यमा बाधा उत्पन्न हुनसक्छ । महत्त्वपूर्ण अवसर गुम्ने सम्भावना पनि रहेकाले सजग रहनुहोला । कुनै शुभकार्य गर्नुअघि वा यात्रामा जानुअघि महादेवको आराधना गरी कार्य आरम्भ गर्दा विशेष लाभ मिल्नेछ ।

-ज्योतिषाचार्य / वास्तुविद् पण्डित नारायणप्रसाद दुलाल

राशिफल भाग्य हेर्ने मात्र होइन , दिशा बनाउने हो । जो अनुशासित, साहसी र स्पष्ट छ- असोज उसकै हुन्छ । आफ्नो इमानदारिता , मेहनेत, कर्तव्य र सत्कर्म गर्नाले पनि आउने दिनहरू अवश्य राम्रा हुनेछन् । यस्तै अन्य जानकारीको लागि ओके धर्मसंस्कार हेर्दै गर्नुहोला धन्यवाद ।

कर्कट राशि हुनेहरूका लागि २०८२ सालको सुरुवाती समयमा बृहस्पति र केतुको अनुकुलताले पद प्रतिष्ठा र आर्थिक पक्ष राम्रो हुने र मनोवाञ्छित फल मिल्नेछ । जेठ पछिको समय भने त्यति राम्रो नहोला । दुख, कष्ट भोग्नुपर्ने, मानसिक चिन्ता, इज्जत र प्रतिष्ठामा ह्रास आउनसक्छ ।

शत्रु बढ्ने र अनावश्यक झमेलामा पर्न सकिनेछ, तर राम्रो कर्म गरे अवश्य शुभ फल पाइनेछ । यो वर्ष आर्थिक धन फस्न सक्छ भने सेयरबजार, शिक्षाक्षेत्र तथा बिमा क्षेत्रमा गरिएको लगानीले त्यति राम्रै फल नदेला । धातु र स्वास्थ्यमा गरेको लगानीबाट भने राम्रै फल पाइनेछ ।

आर्थिक दृष्टिले बैशाख, जेठ र कार्तिक महिना शुभ रहनेछ । प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । पैसाको कारणले आफन्त र नजिकका व्यक्तिबाट टाढिनु पर्ला । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ र घरपरिवारबाट टाढिएकाहरू नजिकिनेछन् ।

सन्तानको रहर गर्नेहरूले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ । अध्ययन र अध्यापन सामान्य नै रहनेछ, तर वर्षको सुरुवाती समयमा बृहस्पतिको अनुकुलताले पद प्रतिष्ठा र कतै नाम निकाल्न सहज हुनेछ । असार महिना पछि भने व्याक लागेका विद्यार्थीहरूले सम्बन्धित विषयमा उत्तीर्ण गर्न समस्या आउन सक्छ ।

शोध र टेक्निकल क्षेत्रका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । पढाईको सिलसिलामा विदेश जानेले भने राम्रो सफलता पाउनेछन् । यसपालि नयाँ लगानी, जागिर वा रोजगारले खासै राम्रो फल नमिल्ला । वैदेशिक रोजगारमा रहेकाहरूलाई भने यो वर्ष सफलता मिल्नेछ ।

जागिरेलाई सरुवा र बढुवाको सम्भावना पनि प्रबल छ । यो वर्ष चोटपटकको भय रहेको छ, हात गोडामा चोट लाग्न सक्छ । मानसिक, टाउको तथा ग्यास्टिक रोगले सताउन सक्छ र औषध उपचारमा खर्च बढ्नेछ ।

प्रत्येक बिहीबार या एकादशीको दिन विष्णु भगवानको पूजा, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुने र भाग्यमा वृद्धि हुनेछ । प्रत्येक दिन मातापिता तथा पितृ देवताको आशीर्वाद लिनाले अधिक सफलता मिल्नेछ । वर, पिपल वा अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहबाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
5h ago
२८ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२८ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#आजको #२०८३
Compare →
Hamro Patro News
1d ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७०० सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक। कार्तिक २७, २०८३ कान्ति एआई सुन र चाँदीको आजको भा...

#आजको #२०८३
Compare →

Related Stories

Business & Economy
Build #2612