Trending
Prev Story
Next Story

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै

Ekantipur •
October 26, 2026 • 05:30 PM
3
3 reads 0 reactions

६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ ।

हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्न पहिलो पटक अध्ययन गरिँदै

६ महिनाभित्र अध्ययन प्रतिवेदन तयार गर्नुपर्ने छ भने आगामी आर्थिक वर्षबाट निर्माण अघि बढाइने भएको छ ।

हिमाली पर्यटकीय राजमार्ग निर्माणका लागि पहिलो पटक सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि नेपाल पूर्वाधार कम्पनी लिमिटेड र सडक विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भइसकेको छ । दसैंअघि गरिएको सम्झौताअनुसार केही दिनभित्रमै अध्ययनका लागि प्राविधिक टोली परिचालन हुने नेपाल पूर्वाधार कम्पनी लिमिटेडले जनाएको छ ।

पहिलो चरणमा दार्चुलाको अपिनाम्पा, बझाङको सैपाल हुँदै बाजुराको बडिमालिकासम्म १ सय ५ किलोमिटर र संखुवासभाको नुम हुँदै ताप्लेजुङको पाथीभरासम्म ४५ किमि सडक खण्डको सम्भाव्यता अध्ययन गरिनेछ । सरकारको नयाँ अवधारणाअनुसार पर्यटकीय क्षेत्रमा सुरक्षित सडक बनाएर आन्तरिक र बाह्य पर्यटन आवागमन वृद्धि गर्ने लक्ष्य रहेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता शुभराज न्यौपानेले बताए ।

‘यसका लागि सम्भाव्यता अध्ययन गरिँदै छ,’ उपमहानिर्देशक न्यौपानेले भने, ‘राजमार्ग बनेपछि पर्यटक आवागमन बढाउन र अर्थतन्त्र चलायमान बनाउन पनि सघाउ पुग्नेछ ।’ अहिलेसम्म सबैभन्दा बढी उचाइमा कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको कोरलामा बनाइएको सडक हो, जुन सडक खण्डको उचाइ ४ हजार ६ सय मिटर रहेको न्यौपानेले जनाए ।

सम्भाव्यता अध्ययनबाट धेरै विषय थाहा हुने र पहिल्यै बनेका लिंक सडकलाई हिमाली पर्यटकीय राजमार्गसँग जोड्न सकिने उनको भनाइ छ । ‘सहायक मार्गले जोड्ने सडक पनि राष्ट्रिय राजमार्गभित्र नै पर्नेछन्,’ उनले भने, ‘अहिले दार्चुलादेखि बाजुरा र संखुवासभादेखि ताप्लेजुङको पाथीभरासम्म जोड्ने मार्गको अध्ययन गरिनेछ ।’ पहिलो चरणमा सुदूरपश्चिम र सुदूरपूर्वका ठाउँ छानिएको उनले बताए । ‘यसले पर्यटकीय र धार्मिक स्थल दुवैलाई जोड्छ,’ उनले भने । अध्ययनको समय ६ महिना तोकिएको छ ।

चालु वर्षमा सम्भाव्यता अध्ययन सकेर अर्को वर्ष निर्माणमै जाने योजनाअनुसार काम अघि बढाइने उनको भनाइ छ । ‘यो सबैको चासोको राजमार्ग हो, सम्भाव्यता अध्ययनपछि विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम अघि बढ्छ,’ प्रवक्ता न्यौपानेले भने । ढलान र कालोपत्र कुन उपयुक्त हुन्छ, त्यहीअनुसार १२ महिना नै चल्ने राजमार्ग बनाउने योजना रहेको उनले जनाए ।

निर्वाचनका बेला प्रधानमन्त्री वालेन्द्र शाहले चुनावी भाषणका क्रममा धनगढीमा भनेका थिए, ‘मान्छेहरू देशलाई स्विट्जरल्यान्ड बनाउनुपर्छ भन्छन्, स्विट्जरल्यान्डको बाउ बडिमालिका यहीँ छ, किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड । स्विट्जरल्यान्डको परकाष्ठा रामारोशन यहीँ छ, किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड, खप्तड राष्ट्रिय निकुञ्ज यहीँ छ किन बनाउनुपर्‍यो स्विट्जरल्यान्ड, हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू पर्‍यौं । भएको चिज देखाउनै सकेका छैनौं ।’

शाहले झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवारी दिने घोषणा गरेर ८ माघ २०८२ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिर पुगेका थिए । अहिले उनी पुगेका दुवै क्षेत्रमा हिमाली पर्यटकीय राजमार्ग निर्माण गर्ने योजनासहित सम्भाव्यता अध्ययन गर्न लागिएको हो । सम्भाव्यता अध्ययनअनुसार बडिमालिका, पाथिभरा लगायत पर्यटकीय क्षेत्रलाई सडक सञ्जालमार्फत जोड्न आवश्यक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइने पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताए । ‘हाम्रा हिमाली क्षेत्रलाई पर्यटनसँग जोड्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हिमाली पर्यटकीय राजमार्गलाई नवीन कार्यक्रमका रूपमा अघि बढाएका छौं,’ मन्त्री लम्सालले सम्भाव्यता अध्ययन गर्ने सम्झौता भएलगत्तै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

तिहारअघि नै भिन्दा–भिन्दै दुई वटा समूह बनाएर सम्भाव्यता अध्ययनका लागि त्यसतर्फ जाने तयारीमा रहेको नेपाल पूर्वाधार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रभाकर थापाको भनाइ छ ।

‘दसैंको मुखमा सम्भाव्यता अध्ययनका लागि सम्झौता भएको हो, तोकिएको समय ६ महिनाभित्र रिपोर्ट बुझाउँछौं,’ थापाले भने, ‘सम्भाव्यता अध्ययन भएकाले प्राविधिक, आर्थिक, सामाजिक र वातावरणीय अध्ययन हुनेछ ।’ सडकको रेखांकन अन्य कुन सडक हुँदै जान सक्छ भनेर विभिन्न विकल्प हेर्दै अध्ययन गरिने उनले सुनाए ।

‘ताकि कम लागत, वातावरणलाई कम असर गर्ने र बढीभन्दा बढी मानिस लाभान्वित हुने गरी राजमार्ग निर्माण गर्न मिल्ने विकल्पसहित अध्ययन गर्छौं,’ थापाले भने, ‘यसले स्थानीय बजारलाई पनि छुनुपर्‍यो, यस्तै बस्ती र बजारलाई सहज हुने गरी अध्ययन गर्छौं ।’ कुन–कुन विकल्पहरू ठीक हुन्छन्, त्यसबारे सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेर सुझाव दिइने उनले जनाए ।

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
पर्यटकीय नगरी सौराहामा डिडिसीको आउटलेट सञ्चालनमा

पर्यटकीय नगरी सौराहामा डिडिसीको आउटलेट सञ्चालनमा

भरतपुर \ पर्यटकीय नगरी सौराहामा दुग्ध विकास संस्थान (डिडिसी) को आउटलेट सञ्चालनमा आएको छ ।

#पर्यटकीय
Compare →
Nagarik News
6h ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#पटक
Compare →
Bizshala
20h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#हिमाली
Compare →
Onlinekhabar
1d ago
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान …

#हिमाली
Compare →

Related Stories

World News
Build #2612