Trending
Prev Story
Next Story

महाधिवेशनअघि राप्रपाका तीन नेता जिल्ला भ्रमणमा निस्कँदै

Nagarik News •
October 26, 2026 • 02:25 PM
3
3 reads 0 reactions

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न जिल्ला भ्रमणमा निस्कने भएका छन् ।

महाधिवेशनअघि राप्रपाका तीन नेता जिल्ला भ्रमणमा निस्कँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तीन शीर्ष नेता आसन्न महाधिवेशनअघि पार्टी सङ्गठन सुदृढीकरण र समसामयिक राजनीतिक विषयमा छलफल गर्न जिल्ला भ्रमणमा निस्कने भएका छन् ।

पार्टीका पूर्वअध्यक्षद्वय कमल थापा र प्रकाशचन्द्र लोहनी तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे जिल्ला भ्रमणमा जान लागेका हुन् । कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने भ्रमण झापामा पुगेर टुङ्गिनेछ ।

भ्रमणको कार्यतालिकाअनुसार नेताहरूले पर्सापछि बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापासम्मका जिल्लामा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्नेछन् ।

नेता थापाले भ्रमणको तालिका सार्वजनिक गर्दै पार्टी सङ्गठन सुदृढीकरण, आसन्न स्थानीय निर्वाचन र समसामयिक राजनीतिक अवस्थाबारे पार्टी पङ्क्तिसँग बृहत् अन्तर्क्रिया गर्न जिल्ला भ्रमण गर्न लागिएको बताएका छन् ।

उनले सम्बन्धित जिल्लाका पार्टी नेता तथा कार्यकर्तालाई छलफलमा सहभागी हुन आग्रहसमेत गरेका छन् ।

राप्रपाको महाधिवेशन आगामी मङ्सिरमा गर्ने तय भएको छ । महाधिवेशनअघि हुन लागेको यो भ्रमणलाई पार्टी सङ्गठनको अवस्था बुझ्ने र आगामी राजनीतिक गतिविधिबारे नेता–कार्यकर्तासँग छलफल गर्ने अवसरका रूपमा हेरिएको छ ।

प्रकाशित: ९ कार्तिक २०८३ २०:१० सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट मंसिर २ देखि १० गतेसम्म हुने

राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट मंसिर २ देखि १० गतेसम्म हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ। पार्टीले महाधिवेशनका लागि सक्रिय सदस्यता वितरण तथा अभिलेखीकरणको प्रक्रिया टुङ्ग्याउँदै प्रतिनिधि छ...

#राप्रपा
Compare →
Onlinekhabar
1w ago
प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन

प्रधानमन्त्रीको भारत भ्रमण : एजेन्डा छन्, तयारी छैन

१८ कात्तिक, काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री बुधबार दिनभर उच्च तहका भेटघाटमा व्यस्त रहे । अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल लगायतसँग उनले विषयगत छलफल पनि गरे । यी सबै भेटको मुख्य उद्देश्य प्रधानमन्त्री …

#भ्रमण
Compare →
Ekantipur
4h ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#भ्रमण
Compare →

Related Stories

Politics & Governance
Build #2612