Trending
Prev Story
Next Story

एनपीएल : सुदूरपश्चिम ८७ रनमै अलआउट

Ekantipur •
October 26, 2026 • 01:00 PM
3
3 reads 0 reactions

किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ प्रदर्शनपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट सुरुआत गरेको छ ।

एनपीएल : सुदूरपश्चिम ८७ रनमै अलआउट

किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ प्रदर्शनपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट सुरुआत गरेको छ ।

काठमाडौँ — किशोर महतो र शेर मल्लको उत्कृष्ट बलिङ प्रर्दशनपछि च्याम्पियन लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा उत्कृष्ट सुरुआत गरेको छ । किशोरले ४ र शेरले ३ विकेट लिएपछि लुम्बिनीले पहिलो दिनको खेलमा सुदूरपश्चिमलाई केवल ८७ रनमै अलआउट गरेको छ ।

लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेपछि ब्याटिङको निम्ता पाएको सुदूरपश्चिम १७.२ ओभरमा अलआउट भयो ।

दाहिने हाते तीब्र बलर किशोरले ४ ओभरमा २८ रन खर्चेर उत्कृष्ट बलिङ गरे । गत सिजन १७ विकेट लिएर सनसनी बलिङ गरेका अफ स्पिनर शेरले ३ ओभरमा १० रनमात्र खर्चेर ३ विकेट लिएका हुन् ।

पावर प्लेको ६ ओभरमा शीर्ष ४ विकेट गुमाएपछि सुदूरपश्चिम फेरि माथि उठ्न सकेन् । शेर मल्लले चौथो ओभरमा विनोद भण्डारीलाई एलबीडब्लु आउट गरे भने किशोरले आरिफ शेखलाई शुन्य र ब्रान्डन म्यामलेनलाई २ रनमा आउट गरी एकै ओभरमा दुई सफलता पाए ।

सुदूरपश्चिमको टोलीमा फर्किएका सैफ जैब पनि १४ बलमा २ चौका प्रहार गरी १३ रन बनाई छैटौं ओभरमा अमेरिकी बलर स्याडली भान साकवाईबाट आउट भए । तिलक भण्डारीले इशान पाण्डेलाई ७ रनमा आउट गरी नवौं ओभरमा लुम्बिनीलाई पाॅचौं सफलता दिलाए ।

शरेले सेरफेन रदरफोर्डलाई १ र स्कट कुग्लेनलाई शुन्यमा आउट गरे । किशोरले लगातार बलमा कप्तान दीपेन्द्रसिंह ऐरी र हेमन्त धामीलाई बोल्ड गरी हृयाट्रिक नजिक पुगे । दीपेन्द्रले सुदूरपश्चिमबाट सर्वाधिक २७ रन बनाउनेक्रममा २३ बल खेली २ चौका प्रहार गरे । हेमन्तले खाता खोल्न भ्याएनन् ।

कप्तान रोहित पौडेलले अविनाश बोहरालाई बोल्ड गरे । अनिल खरेल १५ रनमा अविजित रहे । गत सिजनमा लुम्बिनीले सुदूरपश्चिमलाई फाइनलमा ६ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4h ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Onlinekhabar
6h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #लुम्बिनी
Compare →
Arthasansar
21h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
21h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612