Trending
Prev Story
Next Story

एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पवेलियन फर्किए

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएको छ। १३औं ओभरको खेल जारी रहँदा साविक बिजेता लुम्बिनी लायन्सले साबिक उपबिजेता सुदूरपश्चिमको ९ विकेट …

एनपीएल : सुदूरपश्चिमले गुमायो ९ विकेट, ऐरी र धामी पनि पवेलियन फर्किए

९ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गतको उद्घाटन खेलमा गत वर्षको उपविजेता सुदूरपश्चिम रोयल्सले ९ विकेट गुमाएको छ।

१३औं ओभरको खेल जारी रहँदा साविक बिजेता लुम्बिनी लायन्सले साबिक उपबिजेता सुदूरपश्चिमको ९ विकेट लिएको हो। खेलको १२.३ र १२.४ ओभरमा किशोर महतोले क्रमश रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी र हेमन्त धामीलाई पलेभियनको बाटो देखाए।

यसअघि १० औं ओभरमा शेर मल्लले दुई विकेट लिएका थिए। उनले सातौं विकेटको रुपमा स्कट कुगेलेइनलाई एलबीडब्लू आउट गराएका हुन्।

अम्पायरले आउट दिएका थिएनन् । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले रिभ्यू लिएका थिए।बल पिचिङ आउटसाइड अफ, इम्प्याक्ट इन लाइन, विकेट्स हिटिङ।

यसअघि सुदूरपश्चिम रोयल्सले ९.२ लुम्बिनी लायन्सका शेर मल्लको बलमा शेरफन रदरफोर्ड गुमाएको हो।

रदरफोर्ड  ठूलो शटको प्रयासमा  आउट भएका छन् । बल माथि मात्रै गयो । लङअनमा आसिफ शेखले क्याच लिएका हुन् ।अहिले सुदूरपश्चिम ५६ रन बनाएर खेलिरहेको छ।

त्यसअघि सुदूरपश्चिम रोयल्सले इशान पाण्डेलाई पाँचौं विकेटका रुपमा गुमाएको थियो। उनलाई साविक विजेता लुम्बिनी लायन्सका तिलकराज भण्डारीले पवेलियन फर्काएका हुन् । भण्डारीको बलमा कप्तान रोहित पौडेलले क्याच गरेर पाण्डेलाई आउट गरेका हुन्।

लुम्बिनीका शेर मल्लले ३.१ ओभरमा ओपनर सुदूरपश्चिमका ब्याट्सम्यान विनोद भण्डारीलाई पवेलियन फर्काएका थिए ।

उनीपछि आरिफ शेख एक ओभरमा सुदूरपश्चिमका लागि रन जोड्न नपाउँदै आउन हुन पुगेका थिए । आरिफलाई लुम्बिनीका किशोर महतोले आउट गरेका थिए ।

किशोरले नै सुदूरपश्चिमका लागि खेलिरहेका ब्रान्डन म्याकमुलेनलाई बोल्ड गरेका थिए । ब्रान्डन ४.४ ओभरमा पवेलियन फर्किएका थिए । उनले सुदूरपश्चिमका लागि दुई बल खेल्दै दुई रन जोडेका थिए ।

सुदूरपश्चिमले सैफ अली जैबलाई चौथो विकेटका रुपमा गुमाएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
23h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा, दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा, दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शुक्रवार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ...

#एनपीएल #प्रिमियर-लिग #विकेट
Compare →
Arthasansar
22h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
22h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
22h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Technology
Build #2612