Trending
Prev Story
Next Story

खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै

Ekantipur •
October 26, 2026 • 12:30 PM
2
2 reads 0 reactions

बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ ।

खुला सीमाको सुरक्षा चुनौती सुल्झाउन नेपाल-भारत बैठक बस्दै

बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ ।

काठमाडौँ — नेपाल–भारतबीचको खुला सीमाबाट हुने मानव बेचबिखन, लागुऔषध तस्करी, अवैध व्यापार र तेस्रो मुलुकका नागरिकको आवागमन नियन्त्रणमा सहकार्य बढाउने विषयमा दुवै देशका सुरक्षा अधिकारीले छलफल गर्ने भएका छन् । यसका लागि सशस्त्र प्रहरी बल (एपीएफ) नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) का प्रमुखसहितका अधिकारी मंगलबारदेखि काठमाडौंमा तीनदिने वार्षिक समन्वय बैठकमा सहभागी हुँदैछन् ।

१०औँ वार्षिक समन्वय बैठकमा एपीएफका महानिरीक्षक नारायणदत्त पौडेल र एसएसबीका महानिर्देशक सञ्जय सिंघलले आ–आफ्नो टोलीको नेतृत्व गर्नेछन् । सिंघलले गृहमन्त्री सुधन गुरुङ, गृहसचिव केदारनाथ शर्मा र अन्य अधिकारीसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

एपीएफका एक वरिष्ठ अधिकारीका अनुसार नियमित बैठकमा तेस्रो मुलुकका नागरिकको आवागमन निगरानी, सीमा विवाद तथा अन्य सीमा सम्बन्धी समस्या, मानव बेचबिखन, सीमापार आपराधिक गतिविधि र सीमा क्षेत्रमा दुवै सुरक्षा निकायबीचको समन्वयलगायत विषयमा छलफल हुनेछ । त्यस्तै, सीमापार अपराध नियन्त्रण, संयुक्त सीमा गस्ती, सीमा स्तम्भको मर्मतसम्भार, विपद् पूर्वतयारी तथा प्रतिकार्य, लागुऔषध तथा अन्य अवैध पदार्थको ओसारपसार नियन्त्रण, विगतका सहमति कार्यान्वयनको समीक्षा, अन्तरनिकाय समन्वय र भावी सहकार्य तथा कार्ययोजनाबारे पनि छलफल हुने बताइएको छ ।

एपीएफका अधिकारीहरूका अनुसार नेपाल–भारतबीचको एक हजार ७५१ किलोमिटर लामो खुला सीमामा सुरक्षा र सहकार्य प्रभावकारी बनाउन समन्वित सीमा व्यवस्थापन, सीमापार अपराधको संयुक्त नियन्त्रण र वास्तविक समयमै सूचना आदानप्रदानलाई थप सुदृढ बनाउने विषयमा छलफल केन्द्रित हुनेछ । अघिल्लो बैठकमा दुवै पक्षले तेस्रो मुलुकका नागरिकको सीमावर्ती क्षेत्रमा हुने आवागमनप्रति चासो व्यक्त गर्दै सीमापार आवागमनको निगरानी गर्ने सहमति गरेका थिए ।

'भारतीय पक्षले नेपाली सीमावर्ती क्षेत्र हुँदै चिनियाँ र पाकिस्तानी नागरिकको आवागमनबारे चासो राखेको थियो । हामीले पनि रोहिंग्या शरणार्थी र बंगलादेशी नागरिकको आवागमनबारे आफ्ना चासो राखेका थियौँ । तर, पछिल्लो समय यस्तो आवागमन घटेको छ,' अर्का एक अधिकारीले भने ।

बैठकमा विभिन्न मन्त्रालय तथा विभागका अधिकारीहरू पनि सहभागी हुनेछन् । सन् २०१२ देखि सुरु भएको वार्षिक बैठक विभिन्न परिस्थितिका कारण, विशेषगरी कोभिड–१९ महामारीका बेला अवरोध भएको समयबाहेक, नियमित रूपमा हुँदै आएको छ ।

गृह मन्त्रालयका एक अधिकारीका अनुसार नेपाल र भारतबीचको निकट सामाजिक, आर्थिक तथा सांस्कृतिक सम्बन्धका कारण खुला सीमाबाट मानिस र वस्तुको आवागमन सहज भएको छ । तर, यही खुला सीमाले मानव बेचबिखन, लागुऔषध तस्करी, भन्सार छली, अवैध व्यापार र तेस्रो मुलुकका नागरिकको आवागमन व्यवस्थापनमा चुनौतीसमेत सिर्जना गरेको छ । 'समन्वय बैठकले दुवै पक्षलाई देखा परेका नयाँ सुरक्षा चुनौतीको समीक्षा गर्न, विगतका सहमतिको प्रगति मूल्यांकन गर्न र वैध सीमापार आवागमनलाई सहज बनाउँदै सीमा व्यवस्थापन सुधार गर्न व्यावहारिक उपाय तय गर्ने अवसर दिनेछ,' ती अधिकारीले भने ।

बैठकको मुख्य उद्देश्य भ्रष्टाचार, लागुऔषध तस्करी, भन्सार छली र सामानको अवैध ओसारपसारलगायत साझा चासोका विषय सम्बोधन गर्नु रहेको छ । दुवै पक्षले संयुक्त सीमा गस्ती र सीमा स्तम्भको मर्मतसम्भारबारे पनि छलफल गर्नेछन् ।

एपीएफले भारतसँगको सीमामा २४४ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ भने भारतले ४०० भन्दा बढी सीमा सुरक्षा पोस्ट सञ्चालन गरिरहेको छ । दुवै सुरक्षा निकायले दार्चुलाको कालापानी क्षेत्र र पश्चिम नवलपरासीको सुस्तालगायत स्थानमा सीमा स्तम्भको मर्मत तथा सम्भारमा पनि सहकार्य गर्दै आएका छन् ।

सीमाको दुवैतर्फ असर पार्ने प्राकृतिक विपद्का बेला संयुक्त रूपमा प्रतिकार्य गर्ने, आपत्कालीन अवस्थासँग जुध्न सुरक्षाकर्मीलाई तयार पार्ने र लागुऔषध, मदिरा तथा अन्य पदार्थको अवैध ओसारपसार नियन्त्रण गर्ने विषय पनि बैठकको कार्यसूचीमा छन् ।

नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बलबीच हुने वार्षिक समन्वय बैठक दुवै देशको एक हजार ७५१ किलोमिटर लामो खुला सीमामा देखिने सुरक्षा चुनौती सम्बोधन गर्ने द्विपक्षीय संयन्त्र हो । सन् २०१२ मा नियमित बैठक सुरु भएयता दुवै सुरक्षा निकायले यस मञ्चमार्फत सहकार्य सुदृढ गर्ने, सूचना आदानप्रदान गर्ने र सीमापार आपराधिक गतिविधि तथा अन्य सुरक्षा चुनौतीको संयुक्त रूपमा सामना गर्ने प्रयास गर्दै आएका छन् ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
18h ago
चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका दुई जिल्लाका सुरक्षा अधिकारीबिच भयो यस्तो सहमति

चीनसँग सीमा जोडिएका ताप्लेजुङ र संखुवासभाका सुरक्षा अधिकारीबिचको जिल्ला सुरक्षा समन्वय बैठक शुक्रबार सम्पन्न भएको छ।

#सीमा #सुरक्षा
Compare →
Hamro Patro News
4h ago
रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

रोजगारदाताले सामाजिक सुरक्षा कोषमा श्रमिकको नियमित योगदान जम्मा गर्नुपर्ने

सार्वजनिक खरिदअन्तर्गतका काममा संलग्न श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउनुपर्ने भएको छ। नेपाल सरकारबाट जारी ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सम्बन्ध...

#सुरक्षा
Compare →
Onlinekhabar
4h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

National (Nepal)
Build #2612