Trending
Prev Story
Next Story

कात्तिकमा बिदै–बिदा, १४ दिनमात्र सरकारी कार्यालय खुल्ने

Nagarik News •
October 26, 2026 • 09:36 AM
3
3 reads 0 reactions

कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू १४ दिनमात्र खुल्ने भएका छन्।

कात्तिकमा बिदै–बिदा, १४ दिनमात्र सरकारी कार्यालय खुल्ने

दसैं–तिहारका पर्व बिदा र साप्ताहिक बिदा एकैपटक परेपछि कात्तिक महिनामा सरकारी कार्यालय, बैंक तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू १४ दिनमात्र खुल्ने भएका छन्। ३० दिनको कात्तिकमा १६ दिन कार्यालय बन्द रहनेछन्।

लगातार नौ दिनको सार्वजनिक बिदापछि सोमबारदेखि सरकारी कार्यालय, बैंक तथा अन्य सार्वजनिक सरोकारका निकाय खुलेका छन्।

कार्यालय सञ्चालन नियमित हुन भने अझै केही समय लाग्नेछ। यो साताको शुक्रबारसम्म कार्यालय खुलेपछि त्यसपछिको शनिबार र आइतबार फेरि बन्द रहनेछ।

कात्तिक १५ गतेदेखि २० गतेसम्म कार्यालय खुल्नेछ। त्यसपछि पाँच दिन कार्यालय सञ्चालनमा आएलगत्तै छ दिन बिदा पर्नेछ।

तिहारपछि कात्तिक २७ गते शुक्रबार र ३० गते सोमबारमात्र कार्यालय सञ्चालनमा आउनेछन्।

यस वर्ष दसैंअघि लगातार नौ दिन सार्वजनिक बिदा परेको थियो। यस अवधिमा चार दिन साप्ताहिक बिदा र पाँच दिन पर्व बिदा परेका थिए। यसअघि २०८१ सालमा दसैंअघि लगातार पाँच दिन र २०८२ सालमा छ दिन सार्वजनिक बिदा परेको थियो।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार आएपछि २०८२ चैत २३ देखि शनिबारसँगै आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने व्यवस्था लागू गरिएको थियो। यो व्यवस्थालाई सरकारले तत्काल पुनर्विचार नगर्ने स्पष्ट पारेको छ।

शनिबार र आइतबारको नियमित बिदासँगै पर्व तथा दिवसका बिदा पनि यथावत् राखिँदा वर्षभरि कार्यालय खुल्ने दिन घटेका छन्।

कार्यालय बिहान ९ बजेदेखि नै खुल्ने भएपनि सेवाग्राही भने १० बजेपछिमात्रै पुग्ने गरेका छन्। यसले सार्वजनिक सेवा प्रवाह प्रभावकारी बन्न सकिरहेको छैन।

प्रकाशित: ९ कार्तिक २०८३ १५:२१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
41m ago
सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

सार्वजनिक बिदामा पनि आरटीजीएस प्रणाली सञ्चालन हुने

२८ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटीजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ः०० बजेदेखि अपराह्न …

#कात्तिक #बिदा
Compare →
Arthasansar
20h ago
सोमबार पनि सार्वजनिक बिदा

सोमबार पनि सार्वजनिक बिदा

सरकारले आगामी सोमबार (३० कात्तिक)मा पनि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । सरकारले छठ पर्वको अवसरमा बिदा दिएको हो। आइतबार...

#कात्तिक #बिदा
Compare →
Bizshala
20h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #बिदा
Compare →
Ekantipur
21h ago
सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

सल्यानमा कात्तिक ३० देखि खुला भलिबल प्रतियोगिता हुँदै

कपुरकोटको घंघारीचौरमा हुने प्रतियोगितामा उत्कृष्ट तीन टोलीले क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

#कात्तिक
Compare →
Hamro Patro News
1d ago
मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक

मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक

मधेसमा सरकार बदल्ने तयारी सुरु, कात्तिक २८ मा बोलाइयो प्रदेश सभा बैठक केहि सेकेन्ड अघि जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कात...

#कात्तिक
Compare →

Related Stories

Politics & Governance
Build #2612