Trending
Prev Story
Next Story

भिजन लुम्बिनीले प्रस्ताव गर्‍यो ३.६८ प्रतिशत नगद लाभांश, मंसिर ३ मा साधारणसभा

Arthasansar •
October 26, 2026 • 06:33 AM
2
2 reads 0 reactions

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

भिजन लुम्बिनीले प्रस्ताव गर्‍यो ३.६८ प्रतिशत नगद लाभांश, मंसिर ३ मा साधारणसभा

भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई ३.६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँको आधारमा कुल ७ करोड ४ लाख ६० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांशमध्ये ०.१८४२ प्रतिशत अर्थात् ३५ लाख २३ हजार २६ रुपैयाँ ३२ पैसा लाभांशमा लाग्ने कर प्रयोजनका लागि छुट्याइएको छ। बाँकी रकम प्रचलित कानुनअनुसार कर कट्टी गरी सेयरधनीलाई वितरण गरिने कम्पनीले जनाएको छ। सञ्चालक समितिबाट गरिएको यो प्रस्ताव कम्पनीको आठौँ वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै कार्यान्वयनमा आउनेछ।

लाभांश प्रस्ताव अनुमोदनसहित विभिन्न एजेन्डामाथि छलफल गर्न कम्पनीले मंसिर ३ गते बिहीबार आठौँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बुटवलस्थित दियालो फुडल्याण्ड, कालिकानगरमा बिहान ९ बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण गरिएको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेस हुनेछ। त्यस्तै, आगामी आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि छलफल हुनेछ।

सभाको अर्को प्रमुख एजेन्डा सञ्चालक समितिले प्रस्ताव गरेको नगद लाभांश वितरणसम्बन्धी निर्णय अनुमोदन गर्नु रहेको छ।

साधारणसभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक १६ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ।

यसअनुसार कात्तिक १५ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई राफसाफ सम्पन्न भएका तथा सेयरधनी दर्ता किताबमा नाम अद्यावधिक भएका सेयरधनीले साधारणसभामा सहभागी हुन पाउनेछन्

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
20h ago
एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

एनएमबि बैंकको साधारण सभा मंसिर २५ गते बस्ने, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमााण्डौ । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट शेयरधनीलाई ७ प्रतिशत नगद लाभांश वितरण गर्ने...

#लाभांश #वितरण #मंसिर
Compare →
Hamro Patro News
2h ago
एनपीएलमा  आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज साविक विजेता लुम्बिनी लायन्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुँदै छ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बेलुका ५ बजे सुरु हुनेछ।

#लुम्बिनी
Compare →
Onlinekhabar
4h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#लुम्बिनी
Compare →
Ekantipur
20h ago
आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

आध्यात्मिक गतिविधिले गुल्जार लुम्बिनी

तीन ठूला अन्तर्राष्ट्रिय पूजा तथा प्रवचनमा विभिन्न देशका भिक्षु, भिक्षुणी र उपासक सहभागी हुँदा लुम्बिनीको पर्यटनसमेत चलायमान बनेको छ।

#लुम्बिनी
Compare →

Related Stories

Business & Economy
Build #2612