Trending
Prev Story
Next Story

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

Nagarik News •
October 26, 2026 • 05:53 AM
3
3 reads 0 reactions

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्।

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनतालाई भेट्न मन्त्री जानुपर्छः मन्त्री रावल

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्।

भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै मन्त्री रावलले सरकारले गरेका कामको जनतालाई जानकारी दिन आएको बताइन्।

भूमिहीन र सहकारी पीडितको समस्याका विषयमा सरकारले गरेका कामबारे जानकारी गराउन उनी यहाँ आएकी हुन्।

सरकारको प्राथमिकता भूमिहीन नागरिक र सहकारी पीडितको समस्या समाधानमा रहेको मन्त्री रावलले बताइन्।

समस्याग्रस्त सहकारीको बचत फिर्ता गर्ने काम सुरु भइसकेको जनाउँदै उनले त्यस कार्यलाई अझै तीव्रताका साथ अघि बढाइने बताइन्।

मन्त्री रावलले भनिन्, 'धेरै समयदेखि उहाँहरु पीडामा हुनुहुन्छ। छिटोभन्दा छिटो बचत फिर्ता गर्नुपर्ने देखिन्छ।'

बचतकर्ताको रकम फिर्ता नगरेका सहकारीलाई ताकेता गर्नुपर्ने आवश्यकतामा जोड दिँदै उनले जनताका माझमा मन्त्री आफैँ पुगेर समस्या सुन्ने अभियानमा रहेको बताइन्।

मन्त्री रावलले भनिन्, 'सरकारले जनताको हकहितमा के काम गरिरहेको छ? आगामी कार्ययोजना के छ? भन्नेबारे जनतालाई बताउनुपर्ने छ। उहाँहरू त्यो सुन्न आतुर हुनुहुन्छ।'

अहिले बसोबास गरेको ठाउँबाट उठाइ दिने हो कि भन्ने विषयलाई पनि चिर्नु पर्ने आवश्यकता रहेको  बताउँदै उनले भनिन्, 'त्यस्तो हुँदैन। हामीले काम गरिरहेका छौँ। कानुनी जटिलता बाधक थियो त्यसलाई सच्याएर सरकार अघि बढेको छ।'

मन्त्री रावलले लामो समयदेखि बसोबास रहेको स्थानकै जग्गा उपलब्ध गराउन कतिपय कानुनी अड्चन रहेकामा त्यसलाई पन्छाएर जग्गा धनीपुर्जा उपलब्ध गराइने बताइन्। उनले भनिन्, 'जे–जे नीतिगत सुधार गर्नुपर्ने थियो त्यो गरिसेकेका छौँ। कार्यान्वयनका क्रममा देखिने अड्चनलाई पनि सुधार गरी सरकार अघि बढ्नेछ।'

प्रकाशित: ९ कार्तिक २०८३ ११:३८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
सिंगा तातोपानी कुण्डमा दैनिक सात सयसम्म स्नान गर्न आउने, पर्यटन व्यवसायमा चहलपहल

सिंगा तातोपानी कुण्डमा दैनिक सात सयसम्म स्नान गर्न आउने, पर्यटन व्यवसायमा चहलपहल

काठमाडौं – चिसो बढ्न थालेसँगै म्याग्दीको बेनी नगरपालिका–४ स्थित सिंगा तातोपानी कुण्डमा स्नान गर्न आउनेको सङ्ख्या बढेको छ । दसैँ–तिहारको बिदा र प्राकृतिक तातोपानीमा स्नान गर्दा दुखाइमा राहत मिल्ने आ...

#आउने
Compare →
Bizshala
2w ago
चितवनका भूमिहीनसँग मन्त्री रावलको प्रत्यक्ष संवाद, लालपुर्जा वितरण छिटो अघि बढाउने प्रतिबद्धता

चितवनका भूमिहीनसँग मन्त्री रावलको प्रत्यक्ष संवाद, लालपुर्जा वितरण छिटो अघि बढाउने प्रतिबद्धता

काठमाण्डौ । मन्त्री प्रतिभा रावलले चितवन भ्रमणका क्रममा क्षेत्र नं २ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका र कालिका...

#रावल
Compare →
Onlinekhabar
4d ago
इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इमरान खानलाई वकिलसँग एक घण्टा भेट्न दिन अदालतको आदेश

इस्लामाबाद उच्च अदालतले पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई वकिलसँग भेट्न अनुमति दिएको छ । अदालतले रावलपिण्डीस्थित अदियाला जेल प्रशासनलाई दुवैका वकिललाई आफ्ना पक्षसँग एक घण्टासम्म भेट गराउन निर्देशन दिएको हो । मुख्य न्यायाधीश …

#भेट्न
Compare →
Ekantipur
1w ago
भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे, बिहीबार प्रधानमन्त्रीलाई भेट्ने

भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे, बिहीबार प्रधानमन्त्रीलाई भेट्ने

भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।

#मन्त्रीलाई #भेट्न
Compare →

Related Stories

Politics & Governance
Build #2612