Trending
Prev Story
Next Story

छोराको कुटपिटबाट बुबाको ज्यान गयो

Ekantipur •
October 26, 2026 • 06:31 AM
2
2 reads 0 reactions

बर्दियाको राजापुरमा मदिरा सेवन गरी बुबालाई कुटपिट गर्ने युवकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

छोराको कुटपिटबाट बुबाको ज्यान गयो

बर्दियाको राजापुरमा मदिरा सेवन गरी बुबालाई कुटपिट गर्ने युवकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

बर्दिया — राजापुर नगरपालिका–३ सेन्दामा आइतबार राति छोराले बुबालाई कुटपिट गरी हत्या गरेका छन् । मदिरा सेवन गरी २५ वर्षीय राजेन्द्र थारुको कुटाइबाट गम्भीर घाइते भएका ४६ वर्षीय कल्लु थारुको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्समा उपचारका क्रममा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय, राजापुरले जनाएको छ ।

डीएसपी होमप्रसाद चौधरीले हत्याका आरोपी राजेन्द्रप्रसादलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाए । ‘राति मदिरा सेवन गरी बाबुलाई कुटपिट गरेको अनुसन्धानमा देखिएको छ,’ उनले भने, ‘प्रहरीलाई घटनाको जानकारी राति ११ बजे पाउनासाथ घटनास्थलमा पुगी राजेन्द्रलाई नियन्त्रणमा लिएको हो ।’ उक्त घटना सदरमुकाम गुलरियाबाट करिब ४० किमि पश्चिममा भएको हो ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3d ago
श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं । चितवनमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो । आज बिहान ८ः३० बजे स्याङ्जा चापाकोट गाउँपालिका–६ ...

#कुटपिट
Compare →
Onlinekhabar
3d ago
भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु

२५ कात्तिक, चितवन । चितवनको भरतपुरमा श्रीमानको कुटपिटबाट एक युवतीको मृ*त्यु भएको छ । स्याङ्जाको चापाकोट नगरपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले आफ्नै श्रीमती ३२ वर्षीया सपना …

#कुटपिट
Compare →
Nagarik News
2d ago
भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

भीमफेदी दुर्घटना अपडेट : मृ*त्यु हुनेको संख्या १४ पुग्यो, परिवारकै पाँच जनाको ज्यान गयो

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा भएको यात्रुवाहक हाइस दुर्घटनामा मृ*त्यु हुनेको संख्या १४ पुगेको छ।

#ज्यान #गयो
Compare →

Related Stories

National (Nepal)
Build #2612