Trending
Prev Story
Next Story

मालढुंगा पुल संचालनपछि बागलुङ बजारमा दसैंको रौनक

Ekantipur •
October 14, 2026 • 12:08 PM
3
3 reads 0 reactions

दुई सातापछि सोमबारबाट सडक खुलेसँगै बागलुङ बजारमा सवारीसाधन, ग्रामीण क्षेत्रका ग्राहक र व्यापारिक गतिविधि फर्किएको छ।

मालढुंगा पुल संचालनपछि बागलुङ बजारमा दसैंको रौनक

दुई सातापछि सोमबारबाट सडक खुलेसँगै बागलुङ बजारमा सवारीसाधन, ग्रामीण क्षेत्रका ग्राहक र व्यापारिक गतिविधि फर्किएको छ।

बागलुङ — कालीगण्डकी नदीले मालढुंगाको पुल बगेपछि बागलुङ बजार सुनसान थियो । पुलको मर्मत गरेर संचालनमा ल्याएपछि मात्र बागलुङमा दसैंको रौनक बढेको छ ।

लामो तथा छोटो दुरीका सवारी चल्न थालेपछि बागलुङ बजारका फेन्सी पसल, खाद्यान्नलगायतको बिक्री बढेको छ । पुल संचालनमा आएको थाहा पाएपछि मात्र ग्रामीण क्षेत्रका बासिन्दा पनि किनमेलकालागि बजार झरेका छन् ।

पुल चलेपछि मुस्ताङदेखि झरेका भेडाच्याङग्रा समेत बजारमा देखिन थालेपछि किनमेल गर्नेको भीड र दसैंको रौनकता देखिएको स्थानीय श्यामबहादुर पुनले बताए । ‘पुल नचलुन्जेल त बजारमा मान्छे पनि  थोरै थिए, अहिले गाउँबाट किनमेलकालागि आउने क्रम सुरु भएको छ’ पुनले भने, ‘बाटो खुलेपछि बेग्लै रौनक देखिएको छ ।’

मंगलबारदेखि भने फेन्सी पसल, कस्मेटिक र रेडिमेट सामानको पसलमा धेरै भीड लाग्न थालेको छ । प्रसिद्ध बागलुङ कालिका मन्दिरमा पनि भक्तजनको उपस्थिति बढ्न थालेको छ । बागलुङका अन्य शक्तिपीठ र बजारी क्षेत्रमा पनि चहलपहल सुरु भएको हो । कालीगण्डकीको बाढीले मालढुंगाको पुलमा क्षति पुगेपछि दुई सातासम्म यातायात ठप्प थियो । यो पुल संचालन नभएकै कारण जिल्लाभित्र प्रवेश गर्ने मात्र नभइ मध्यपहाडी लोकमार्ग भएर पश्चिम क्षेत्रका जिल्ला जाने सवारी समेत अलपत्र थिए ।

सोमबार दिउँसो सडक खुलेपछि सयौं गाडी भित्रिएको मालढुंगास्थित चेकपोष्टले जनाएको छ । सडक खुलेको जानकारीपछि सोमबारै लामो दुरीका रात्रि तथा दिवासेवाका बस संचालनमा आएका छन् । राजधानीसहित सहरी क्षेत्रमा गएका बिद्यार्थी, कर्मचारी समेत जिल्ला भित्रिन थालेका हुन् ।

दसैंको किनमेलकालागि मानिसहरु आउन थालेको स्थानीय व्यवसायी घनश्याम शर्माले बताए । लामो समयसम्म खाली भएका पसलमा किनमेल गर्नेको भीड लागेकोले पुल संचालन भएको सन्देश नै सकारात्मक गएको उनले बताए । पसलमा धेरै मानिस किनमेलकालागि आउन थालेको भन्दै सामान झिकाउन पनि सहज भएको बताए । यसअघि पुल नभएकै कारण कतिपय व्यसायीले सामान झिकाएकै थिएनन् । अब भने बजार संचालन हुने आशले सामान झिकाउन थालेका छन् ।

बागलुङ उद्योग वाणिज्य संघका महासचिव इन्द्रमणि पौडेलले मानिसको आवतजावत नै बढेपछि व्यवसायमा पनि सहयोग पुग्ने बताए । ‘दसैं पनि आइसक्यो, यातायात पनि खुल्यो, अब मानिस खुसी भएर बजारमा किनमेलमा निस्केका छन्,’ उनले भने, ‘सबै सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउन व्यवसायीलाई आग्रह पनि गरेका छौं ।’ यातायात नचल्दा अत्यावश्यक सामान समेत बजारमा महंगो मूल्यमा बिक्री भएको गुनासो आइरहेको थियो । प्रशासनले पनि नियमति अनुगमनको काम गरेको थियो ।

सडक अबरुद्ध भएकै कारण साल्ट ट्रेडिङ कर्पोरेसनले तोकेको सामान दिन सकेको थिएन । सुपथ मुल्य पसलमार्फत प्रतिव्यक्ति ५ केजी चिनी दिने भने पनि आयात गर्ने बाटो अभावमा ३ केजी मात्र दिएको थियो । बजारमा १ सय २० पर्ने चिनी कर्पोरेसनले १ सय रुपैयाँमा उपलब्ध गराएको थियो । त्यसबाहेक खाने तेल, आाटा, नुनलगायतको सामग्री समेत सस्तो दरमा दिने योजना भएर पनि सामाग्री सकिएपछि समस्या आइरहेको थियो । बेनीदेखि घुमाएर वा फलेवास हुँदै जैमिनीको बाटो ल्याउँदा सामग्रीमा मूल्य बढेको थियो । अत्यावश्यक सेवा अर्न्तगत नै एलपी ग्यास समेत एक सयदेखि एकसय ५० रुपैयाँसम्म महंगो तिर्नुपरेकोमा मालढुंगाको पुल संचालनमा आएपछि बजारमा सहज भइसकेको छ ।

मालढुंगाको पुल भने अझै निर्वाध रुपमा दोहोरो सवारी चल्ने भइसकेको छैन । पुलमा दुवै तर्फको सुरक्षाकालागि काम भइरहेको छ । माटोले पुरिएको सडकमा ग्राभेल बिच्छ्याउने काम भइरहेको छ भने पुलको सुरक्षाकालागि दुवै तर्फ ग्याबिन जाली बुनेर ढुंगा भर्ने काम अझै सकिएको छैन ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक

दसैं–तिहारको रौनकपछि सुरु भयो मेला–जात्राको रौनक धार्मिक आस्था, परम्परा र सामाजिक सद्भावसँग जोडिएका यी जात्रा आफन्त तथा इष्टमित्रसँग भेटघाट गर्ने अवसरसमेत बन्ने गरेका छन् । कार्तिक २८, २०८३ तर्क...

#दसैँ #रौनक
Compare →
Onlinekhabar
1d ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#पुल
Compare →
Bizshala
1d ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →
Nagarik News
1d ago
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ।

#बागलुङ
Compare →

Related Stories

Business & Economy
Build #2612