Trending
Prev Story
Next Story

सडक मानवमुक्त घोषणा भएसँगै बागमतीले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ : मुख्यमन्त्री थापा

Nagarik News •
October 26, 2026 • 12:37 AM
3
3 reads 0 reactions

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताएका छन्।

सडक मानवमुक्त घोषणा भएसँगै बागमतीले थप योजनाका लागि बजेट व्यवस्था गरेको छ : मुख्यमन्त्री थापा

बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले बागमती प्रदेशका सडक–मानव व्यवस्थापन तथा आवश्यक पूर्वाधार एवं स्थायित्वका लागि चालु आर्थिक वर्षमा बजेट व्यवस्थापन गरिएको बताएका छन्।

उनले आइतबार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाका अवसरमा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ ढलमलेस्थित बालसेवा घरमा रहेका बालबालिकाका लागि आयोजित टीका–कार्यक्रमलाई सम्बोध गर्दै प्रदेश सडक मानवमुक्त घोषणासँगै चालु आवमा थप योजना निर्माणसहित बजेट व्यवस्थापन गरिएको बताएका हुन्।

मुख्यमन्त्री थापाले बालबालिकाको संरक्षण तथा मानव सेवाका लागि हरेक वर्ष प्रदेश सरकारले बजेट व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै चालु आवमा व्यवस्थित रु पाँच करोड बजेटबाट बालबालिकाका साथै सडक मानवका लागि आवश्यक पूर्वाधार, जनशक्ति र बाढीपहिरो पीडित क्षेत्रका बालबालिकाको व्यवस्थापनमा खर्च गरिने बताए। थापाले सो अवसरमा घरमा आश्रित ३८ बालबालिकालाई टीका लगाइदिएका थिए।

मुख्यमन्त्री थापाले भोटेकोशी बाढीपछि महाविपत्तिमा रहेका रसुवा, धादिङ, नुवाकोट र चितवनका १५ स्थानीय तहमा अलपत्र अवस्थाका अभिभावकविहीन बालबालिका तथा आश्रय नभएका नागरिकका लागि पुनःस्थापनार्थ घरटहरा निर्माण, पुल, सडक, खानेपानी तथा शिक्षार्थ विद्यालय, स्वास्थ्य भवन–सेवाको व्यवस्थापन बागमती प्रदेश सरकारले गरिरहेको बताए। 'बालबालिकाको शिक्षाका लागि प्रदेश सरकारले सबै खर्च व्यहोर्ने गरी दक्षिणकालीमा आवाशीय विद्यालयसमेत व्यवस्थापन गरेका छौँ,' उनले भने।

साथै मृत्यु भएका नागरिकका परिवारका सदस्यलाई तत्काल किरिया खर्चका लागि रु २५ हजार र मृत्युपछिको राहत रु एक लाख उपलब्ध गराउने प्रक्रिया सुरु गरिएको उनको भनाइ थियो।

मुख्यमन्त्री थापाले स्थानीय तहमा तत्कालको राहत, पुनःस्थापना र पुनर्बासका लागि आवश्यक रकम विनियोजन गरेको समेत बताए। उनले भने, 'प्रदेश सरकार हरेक विपत्तिमा नागरिकको अभिभावक बनिरहेकै छ, धर्म कमाउन मन्दिर जानुभन्दा सडकमा अलपत्र परेका मानवको सेवामा समर्पित हुनु नै महत्वपूर्ण सेवा–धर्म हुन्छ।' प्रदेश सरकारले युवा, कृषि, व्यावसायिकता तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको उनको तर्क थियो।

सो अवसरमा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दीपक गौतम, पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, उपप्रमुख गीता बञ्जारा, वडा नं ५ का अध्यक्ष विनोद खत्री, नेपाली कांग्रेस पनौती नगर सभापति रुपक महतलगायतले मानव कल्याण समाजले नेपालका विभिन्न जिल्लामा रहेर सडक मानवका क्षेत्रमा पुर्‍याएको सहयोगका बारेमा चर्चा गरेका थिए।

प्रकाशित: ९ कार्तिक २०८३ ०६:२२ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
2d ago
मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोटगढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा हिजो परेको वर्षाका कारण ...

#मुख्यमन्त्री #थापा
Compare →
Onlinekhabar
1h ago
मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

मधेशका मुख्यमन्त्री यादवले दिए पदबाट राजीनामा

२८ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् । विश्वासको मत लिन बोलाइएको प्रदेशसभामा सम्बोधन गर्दै मुख्यमन्त्री यादवले पदबाट राजीनामा दिएका हुन् । बहुमत विश्वासको मत नपाउने भएपछि उनले बाध्य …

#मुख्यमन्त्री
Compare →
Ekantipur
1h ago
मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

मधेश प्रदेशका मुख्यमन्त्री यादवले दिए राजीनामा

एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएका छन् ।

#मुख्यमन्त्री
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2612