काठमाडौँ । लाहोरस्थित गद्दाफी रंगशालामा सम्पन्न त्रिकोणात्मक शृङ्खलाको खेलमा अलराउन्डर शादाब खानको उत्कृष्ट शतकको मद्दतले पाकिस्तानले इङ्ल्यान्डमाथि १ विकेटको अविश्वसनीय जित हात पारेको छ । यस जितसँगै पाकिस्तान प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ भने लगातार तीन खेलमा हार बेहोरेको इङ्ल्यान्डको फाइनल यात्रा कठिन बनेको छ ।
इङ्ल्यान्डले दिएको २४२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले एक समय १५४ रनमै ९ विकेट गुमाइसकेको थियो । तर, शादाब खानले दशौँ विकेटका लागि हरिस राउफसँग मिलेर अविजित ८९ रनको ऐतिहासिक साझेदारी गर्दै टोलीलाई जित दिलाए । सफल एकदिवसीय रन–चेजमा अन्तिम विकेटका लागि भएको यो कीर्तिमानी साझेदारी हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )