Trending
Prev Story
Next Story

एनपीएल : पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

Ekantipur •
October 25, 2026 • 04:30 PM
3
3 reads 0 reactions

लुम्बिनी गत सिजनको उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने पछिल्ला दुई सिजनमा फाइनलमा पराजित रहेको सुदुरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने आशामा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा उत्रने छ ।

एनपीएल : पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दै

लुम्बिनी गत सिजनको उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने पछिल्ला दुई सिजनमा फाइनलमा पराजित रहेको सुदुरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने आशामा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा उत्रने छ ।

काठमाडौं — लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स गत सिजन नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनल खेलेका थिए । एनपीएलको तेस्रो सिजन सोमबार सुरु हुँदा यी दुई टोली नै पहिलो खेलमा प्रतिस्पर्धा गरिरहेका छन् ।

लुम्बिनी गत सिजनको उपाधि रक्षा गर्ने दाउमा हुनेछ भने पछिल्ला दुई सिजनमा फाइनलमा पराजित रहेको सुदुरपश्चिम पहिलो पटक च्याम्पियन बन्ने आशामा त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा उत्रने छ ।

लुम्बिनीको नेतृत्व रोहित पौडेलले गर्दै आएका छन् । उनी नेपाली राष्ट्रिय टोलीको पूर्वकप्तान हुन् । रोहितकै स्थानमा यसै वर्ष सुदूरपश्चिमको नेतृत्व गरिरहेका दीपेन्द्रसिंह ऐरी नेपालको ट्वान्टी–२० कप्तान बनेका थिए । दीपेन्द्र पहिलो सिजन र रोहित दोस्रो सिजन एनपीएलको उत्कृष्ट नेपाली खेलाडी बन्दै कार पुरस्कार पाएका थिए ।

लुम्बिनीमा गत सिजनकै अधिकांश खेलाडीले निरन्तरता पाएका छन् र टोलीमा नेपाली राष्ट्रिय टोलीका ओपनर आसिफ शेख थपिएका छन् । यसले लुम्बिनीलाई अझ मजबुत बनाएको छ । किशोर महतोलाई अक्सनबाट लिएका कारण लुम्बिनीसँग तीव्र बलिङमा पनि विकल्प मजबुत बनेको छ ।

गत सिजन लुम्बिनीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका खेलेका विदेशी खेलाडीमा श्रीलंकाका निरोशन डिकवेला, अस्ट्रेलियाका डी’आरसी शर्ट, नामिबियाका रुबेन ट्रम्पलमन माथि नै लुम्बिनीले विश्वास देखाएको छ । त्यसमा बंगलादेशका सामिम हुसैन, अमेरिकाका साड्ली भान स्काल्कविक थपिएका छन् ।

सुदुरपश्चिमले अक्सनबाट देव्रेहाते स्पिनर अनिल खरेललाई लिएको छ । टोलीमा इंग्ल्यान्डका सैफ जैब फर्किएका छन् । पहिलो सिजनमा उत्कृष्ट खेलाडी बनेका जैबले गत सिजन चितवन राइनोजबाट खेले पनि अहिले पुनः सुदूरपश्चिम फर्किएका हुन् । टोलीबाट यसपटक वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदफोर्ड, अलराउन्डर फाबियन एलेन, न्युजिल्यान्डका स्कट कुग्लेइन, स्कटल्यान्डका अलराउन्डर ब्रान्डन म्याकमलेन खेलिरहेका छन् । कुग्लेइन लगातार तेस्रो वर्ष सुदुरपश्चिमबाट खेल्न लागेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #लुम्बिनी #लायन्स
Compare →
Onlinekhabar
5h ago
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #लुम्बिनी #क्रिकेट
Compare →
Nagarik News
20h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #खेलमा #सुदूरपश्चिम
Compare →
Arthasansar
20h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#एनपीएल #सुदूरपश्चिम #रोयल्स
Compare →

Related Stories

Sports
Build #2612