Trending
Prev Story
Next Story

महिला हिंसामा सांसद खगेन्द्र सुनारको इन्कारी बयान, अडियो परीक्षण गरिने

Ekantipur •
October 25, 2026 • 01:00 PM
3
3 reads 0 reactions

रास्वपा अनुशासन आयोगले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सुनारबाट पीडित भनिएको महिलाले टिभीमा अन्तर्वार्ता दिनु ‘होस्टायल’ भएको आशंका गरेको छ ।

महिला हिंसामा सांसद खगेन्द्र सुनारको इन्कारी बयान, अडियो परीक्षण गरिने

रास्वपा अनुशासन आयोगले केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सांसद सुनारबाट पीडित भनिएको महिलाले टिभीमा अन्तर्वार्ता दिनु ‘होस्टायल’ भएको आशंका गरेको छ ।

काठमाडौँ — महिला हिंसाको आरोपमा पार्टीका केन्द्रीय सदस्य तथा सांसद खगेन्द्र सुनारमाथि अनुसन्धान थालेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनुशासन आयोगले अडियोको प्राविधिक परीक्षणलगायत थप तथ्य र प्रमाण खोज्ने भएको छ ।

आयोगले सुनारका सम्बन्धमा अनुसन्धान गर्नुपर्ने भनी पार्टीबाट पत्र आएपछि समिति गठन गरेको थियो । समितिले सुनारलाई पत्र पठाएर सार्वजनिक रूपमा उठेका प्रश्न र लागेका आरोपबारे स्पष्टिकरण सोधेको थियो । उक्त अडियो आफ्नो नभएको र आफूमाथि षडयन्त्र भएको भन्ने जवाफ सुनारले छानबिन समितिलाई दिएका छन् ।

अनुशासन आयोगले गठन गरेको छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सुनारले आफूमाथि उठेका प्रश्नको लिखित रूपमा इन्कारी जवाफ पठाएका छन् । ‘अडियोका सन्दर्भमा पत्राचार गरेका थियौं । यस्तो खालको अडियो आयो, यस्ता किसिमका प्रश्न उठेका छन् । यस विषयमा के कस्तो हो ? भन्नुहोला भनेर उहाँउपर लागेका आरोपबारे तपाईंको प्रतिक्रिया के हुन्छ भनेर माग्यौं,’ भट्टराईले भने, ‘उहाँको इन्कारी प्रतिक्रिया आयो । इन्कारी प्रतिक्रिया आइसकेपछि अन्य प्रमाण खोज्नमा जानुपर्ने भयो । उहाँले स्वीकार गरेको भए प्रक्रिया अगाडि बढ्थ्यो । अब यो विषयमा अनुसन्धान थप गहिरो जानुपर्ने भयो ।’

जनआस्थाले ‘रास्वपा सांसद खगेन्द्र सुनार अर्को विवादमा : पूर्वमन्त्रीलाई मार्ने धम्की, पैसा असुली (अडियो र बैंकिङ कारोबारको विवरणसहित)’ शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचारसँगै सार्वजनिक अडियोमा सुनारले एक महिलालाई अश्लील गाली गरेको, पैसा मागेको, मार्ने धम्की दिएको सुनिन्छ । सांसद सुनारले एक महिलालाई बिहे गर्ने प्रलोभनमा पारी अश्लील भिडियो र तस्बिर बनाएर ‘ब्ल्याकमेल’ गरेको समाचारमा दाबी गरिएको थियो ।

उक्त समाचार सार्वजनिक भएपछि रास्वपा महामन्त्री विपिन आचार्यले विषय संवेदनशील रहेको र अनुसन्धान हुनुपर्ने भन्दै पार्टीको अनुशासन आयोगलाई जिम्मेवारी दिएका थिए । महामन्त्री आचार्यले जारी गरेको विज्ञप्तिमा लेखिएको थियो, ‘सञ्चारमाध्यममार्फत आरोपका रूपमा सार्वजनिक भएका महिलाको मर्यादा र सम्मानमा आँच पुर्‍याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेन जस्ता विषय अत्यन्त गम्भीर र संवेदनशील छन् ।’ यस्ता गतिविधि पार्टीले सामान्य रूपमा नलिने भन्दै अनुसन्धानका लागि अनुशासन आयोगलाई जिम्मेवारी दिइएको थियो भने सुनारलाई पार्टी केन्द्रीय सदस्य र सांसदको पदीय हैसियतमा कुनै पनि कार्यक्रममा सहभागी नहुन निर्देशन दिएका थिए ।

पार्टीले सुनारमाथि छानबिन गर्नका लागि पत्र पठाएपछि अनुशासन आयोगले ६ सदस्यीय समिति गठन गरेको थियो । समितिको संयोजक अनुशासन आयोगका उपप्रमुख एवं प्रवक्ता हरिचन्द्र भट्टराईलाई बनाइएको छ । सदस्यमा रामचन्द्र कार्की, सुशीला सिम्खडा, सन्तोष आचार्य, सन्तोष विशुंके र उपेन्द्र नन्दन तिमिल्सिना रहेका छन् । यो समितिले जनआस्थाको कार्यालय पुगेर सुनारको भनिएको अडियोसहितका प्रमाण बुझेको थियो ।

पीडित महिलाले न्यूज २४ टिभीको ‘सिधा कुरा’ कार्यक्रममा अन्तर्वार्ता दिएकी थिइन् । छानबिन समितिले ती महिलाको अडियो माग्दै न्यूज २४ लाई पत्र बुझाएको छ । अडियो प्राप्त भने भइनसकेको भट्टराईले जानकारी दिएका छन् ।

अनुसन्धान चलिरहेको बेला सुनारले इन्कारी बयान दिएको र महिलाले पनि टिभीमा अन्तर्वार्ता दिँदै कुनै हिंसा नभएको भनेकाले अनुसन्धान थप गहिराइमा गएर गर्नुपर्ने अवस्था आएको समितिले जनाएको छ । समितिका एक सदस्यले भने, ‘इन्कारी बयान र पीडितको भनिएको अन्तर्वार्ताले पीडित नै होस्टायल भएको हो कि भन्ने पनि देखियो । त्यसैले अनुसन्धान गहिरो पार्नुपर्ने अवस्था आएको छ,’ ती सदस्यले भने ।

समितिका संयोजक भट्टराईले भने सांसद तथा केन्द्रीय सदस्य सुनारमाथि आरोप मात्रै लागेको हो कि भन्नेबारे पनि छानबिनमा हेरिने बताए । ‘उहाँले भनेको होइन भने त उहाँको मानमर्दन भयो, छवीको क्षयीकरण हुन्छ । त्यसैले पनि यो विषय गहिरोसँग हेर्नुपर्ने जिम्मेवारी समिति समक्ष छ । पीडित भनिएकी महिलाको अन्तर्वार्ता पनि आयो । अनुसन्धान स्वतन्त्रपूर्वक गर्नुपर्ने भयो,’ भट्टराईले भने ।

सुनारको इन्कारी बयान आएपछि अडियोको प्राविधिक परीक्षण गर्नुपर्ने बारेमा पनि समितिका सदस्यहरूबीच अनौपचारिक छलफल भइरहेको छ । संयोजक भट्टराईले भने आगामी दिनमा अनुसन्धान कसरी गर्ने भन्नेबारे केही दिनभित्र नै बैठक बसेर निर्णय लिने बताए । ‘न्यूज २४ मा पीडित महिलाले दिएको अन्तर्वार्ताको अडियो पनि प्राप्त भएपछि प्राविधिक परीक्षण गर्नुपर्ने हो कि होइन भन्ने छानबिन समितिको बैठक बसेर निर्णय गर्छौं,’ भट्टराईले भने, ‘सुनारसँग पनि सार्वजनिक प्रश्नको जवाफ लिखितमा मागेका हौं । अडियोबारे पनि उहाँसँग सोधपुछ गर्नुपर्ने हुन्छ । समितिको बैठक बसेर सोधपुछ गर्नेछौं ।’

अडियोको प्राविधिक परीक्षण गर्नुपर्ने अवस्था आएमा अनुसन्धान समय लम्बिन सक्ने पनि भट्टराईले बताए । पार्टीमा बुझाएको जवाफबारे आरोप लागेका सांसद तथा केन्द्रीय सदस्य सुनारसँग प्रतिक्रिया लिन खोज्दा फोन उठाएनन् र म्यासेजको रिप्लाइ गरेनन् ।

जयसिंह महरा विगत १० वर्षदेखि पत्रकारिता गरिरहेका छन् । उनी संसदीय मामिलासँगै राजनीतिक घटनाक्रमका समाचार लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
चीन जाने रास्वपा सांसदलाई प्रधानमन्त्री शाहको निर्देशन : राष्ट्रहित केन्द्रित भएर विषयवस्तु राख्नुस

चीन जाने रास्वपा सांसदलाई प्रधानमन्त्री शाहको निर्देशन : राष्ट्रहित केन्द्रित भएर विषयवस्तु राख्नुस

काठमाडौं । चीन भ्रमणमा जान लागेका रास्वपाका २० सांसदलाई प्रधानमन्त्री वालेन्द्र शाहले बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ), नेपालमा चिनियाँ लगानीका आयोजना, पर्यटन विकास र नेपालका लागि चीनको आर्थिक सहय...

#सांसद #रास्वपा
Compare →
Nagarik News
1d ago
रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

रास्वपा सांसद अन्सारी सहभागी चियापान कार्यक्रममा झडप

जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुही टोलमा रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच विवाद हुँदा झडप भएको हो।

#सांसद #रास्वपा
Compare →
Onlinekhabar
20h ago
सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

सांसद केसीको आरोप– मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थप्यो

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आकासिंदो मूल्यवृद्धि र दिशाहीन राजनीतिले नागरिकमा आक्रोश थपेको आरोप लगाएका छन् । ‘सरकारको नांगो अकर्मण्यता’ भनेर सामाजिक सञ्जालमा लेख्दै उनले सरकारको आलोचना गरेका हुन् । विजयादशमी र …

#सांसद
Compare →
Bizshala
4d ago
इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

काठमाण्डौ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथविरुद्ध...

#सांसद
Compare →

Related Stories

Politics & Governance
Build #2612