Trending
Prev Story
Next Story

ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम

Nagarik News •
October 25, 2026 • 11:50 AM
2
2 reads 0 reactions

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक कार्यक्रम

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमको पालना गराउने उद्देश्यले गएको असोज महिनामा पाँच हजार ४३४ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ।

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा ट्राफिक नियमसम्बन्धी जानकारी प्रवाह गर्ने, सडक सुरक्षाबारे सचेतना अभिवृद्धि गर्ने तथा सुरक्षित यात्राका लागि नागरिकलाई प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार असोजमा विद्यालयमा प्रशिक्षणका २४, सचेतना कक्षाका ४२७, चालक तथा सहचालक लक्षित एक हजार ६०६, रात्रिकालीन सचेतनाका दुई हजार २५२ र अन्य एक हजार १२५ गरी कुल पाँच हजार ४३४ कार्यक्रम सञ्चालन गरिएका हुन्। ती कार्यक्रममार्फत चार लाख ३६ हजार २४३ जनालाई ट्राफिक नियम तथा सडक सुरक्षासम्बन्धी जानकारी प्रदान गरिएको उनको भनाइ छ।

विद्यालयमा आयोजित प्रशिक्षणमा तीन हजार ५१७, सचेतना कक्षामा चार हजार ७०, चालक तथा सहचालक लक्षित कार्यक्रममा एक लाख १५ हजार ३८६, रात्रिकालीन सचेतना कार्यक्रममा एक लाख तीन हजार ८६० र अन्य कार्यक्रममा दुई लाख नौ हजार ४१० जना सहभागी भएका कार्यालयले जनाएको छ।

सवारी दुर्घटना न्यूनीकरणका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक अभियान सञ्चालन गर्दै आएको छ। यस्ता अभियानले सर्वसाधारण नागरिक, विद्यार्थी तथा सवारी चालक र सहचालकलाई ट्राफिक नियमबारे जानकारी दिनुका साथै सुरक्षित यात्रा गर्ने तरिकासम्बन्धी ज्ञान अभिवृद्धि गर्न सहयोग पुर्‍याउँदै आएको कार्यालयको भनाइ छ।

ट्राफिक प्रहरी प्रमुख काफ्लेले काठमाडौं उपत्यकामा सञ्चालित जनचेतनामूलक कार्यक्रम प्रभावकारी बन्दै गएको जानकारी दिँदै लाखौँ नागरिकलाई ट्राफिक नियम तथा सडक सुरक्षाबारे जानकारी गराउँदा सडकमा जिम्मेवार व्यवहारको विकास गर्न एवं सम्भावित दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरेको बताए।

उनले भने, ‘काठमाडौं उपत्यकामा ट्राफिक जनचेतनामूलक कार्यक्रम निकै प्रभावकारी बनेको छ। हामीले लाखौँ नागरिकलाई ट्राफिक नियमसम्बन्धी जानकारी दिन सफल भएका छौँ। यसले सडक दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।’

ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई नियमको पालना गर्न, मादक पदार्थ, लागुपदार्थ सेवन गरी सवारी नचलाउन, तीव्र गतिमा सवारी नचलाउन तथा पैदलयात्री र अन्य सडक प्रयोगकर्ताको सुरक्षालाई प्राथमिकता दिन आग्रह गर्दै आएको छ।

प्रकाशित: ८ कार्तिक २०८३ १७:३५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
3h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#ट्राफिक
Compare →

Related Stories

National (Nepal)
Build #2612