Trending
Prev Story
Next Story

कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

८ कात्तिक, धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो । जिल्ला प्रहरी कार्यालयका निमित्त …

कैलालीमा मोबाइल र मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

८ कात्तिक, धनगढी । कैलाली प्रहरीले मोबाइल र मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ ।

प्रहरीले चोरीका मोबाइल र मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले  टीकापुर क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरीमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ एकतानगर बस्ने २४ वर्षीय अमित तिमिल्सिना र धिरेन्द्र शाही रहेको तिमिल्सिनाले बताए ।

उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल बरामद गरिएको छ ।

यस्तै, टीकापुरमै मोटरसाइकल चोरी गरेको आरोपमा थप तीन जनालाई पक्राउ गरिएको छ ।

टीकापुर नगरपालिका–१ एकतानगर बस्ने धनबहादुर साउँदको घरअगाडि पार्किङ गरी राखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल (ग्प्०६–द्यन् २९६८) चोरी भएको थियो ।

खोजतलासका क्रममा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ नयाँ टीकापुर बस्ने २० वर्षीय आकाश बिष्ट, एकतानगर बस्ने २४ वर्षीय भिम बराल र २४ वर्षीय नरेश रावल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूले मोटरसाइकल चोरी गरी लुकाइछिपाइ राखेको अवस्थामा फेला पारिएको हो ।

पक्राउ परेका व्यक्तिहरूलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो

नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो

नेपाल घुम्न आएका भारतीय पर्यटकको चोरी भएको मोटरसाइकल चार दिनपछि भेटियो ३ मिनेट अघि काठमाडौं : पशुपतिनाथ मन्दिरको दर्शन र घुमघामका लागि भारतबाट नेपाल आएका भारतीय मोटो भ्लगर सोनु मालीको चोरी भएको म...

#चोरी #मोटरसाइकल
Compare →
Nagarik News
5d ago
मोबाइलका सामग्री बरामद

मोबाइलका सामग्री बरामद

रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका छ लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ।

#मोबाइल #मोटरसाइकल
Compare →
Ekantipur
21m ago
वीरगन्ज नाकाबाट ४ गुणाले बढ्यो विद्युतीय मोटरसाइकल आयात

वीरगन्ज नाकाबाट ४ गुणाले बढ्यो विद्युतीय मोटरसाइकल आयात

गत आर्थिक वर्षको पहिलो तीन महिनामा २ हजार १ सय ९४ थान विद्युतीय मोटरसाइकल आयात भएकामा चालु आर्थिक वर्षको सोही अवधिमा ८ हजार ८ सय ५० थान आयात भएको छ ।

#मोटरसाइकल
Compare →
Bizshala
1d ago
भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

भिडियो कलबाट ४० करोड डलरको क्रिप्टो चोरी, उत्तर कोरियाली ह्याकरमाथि आरोप

काठमाडौं। अमेरिकी अधिकारीहरूले ४० करोड डलरभन्दा बढी मूल्यको क्रिप्टोकरेन्सी चोरीमा उत्तर कोरियाली सरकारसँग...

#चोरी
Compare →

Related Stories

Technology
Build #2612