Trending
Prev Story
Next Story

रुघाखोकीका बिरामी बढे

Hamro Patro News •
October 25, 2026 • 08:35 AM
2
2 reads 0 reactions

जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने कडा खाले रुघाखोकीका बिरामीहरु बढेका छन् । मौसममा परिवर्तन आएसँगै चिसो बढ्दै जाँदा मौसमी फ्लुका बिरामीहरु बढेका हुन । तीन हप्तायता जिल्ला अस्पतालम...

रुघाखोकीका बिरामी बढे

जिल्लाभरका स्वास्थ्य संस्थाहरुमा उपचारका लागि आउने कडा खाले रुघाखोकीका बिरामीहरु बढेका छन् । मौसममा परिवर्तन आएसँगै चिसो बढ्दै जाँदा मौसमी फ्लुका बिरामीहरु बढेका हुन ।

तीन हप्तायता जिल्ला अस्पतालमा यस्ता मौसमी फ्लुका बिरामी धेरै आउन थालेको चिकित्सक मुकेश यादवले बताउनुभयो । कडा खाले रुघाखोकीका बिरामीहरु धेरै आउन थालेपछि अस्पतालमा चाप बढी रहेको बताउदै उहाँले दसैं बिदाको कारण चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई २४ सै घण्टा बिरामीको उपचारको काममा खटिने व्यवस्था गरिएको बताउनुभयो । अस्पतालमा दैनिक ३० देखि ४० जना यस्ता बिरामीहरु आउने गर्छन । मौसममा आएको परिवर्तनकै कारण यस्ता बिरामीहरु बढेको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1w ago
आर्थिक अभावले उपचारबाट वञ्चित बिरामीको नि:शुल्क शल्यक्रिया

आर्थिक अभावले उपचारबाट वञ्चित बिरामीको नि:शुल्क शल्यक्रिया

१६ कात्तिक, धनकुटा । आर्थिक अभाव, विशेषज्ञ चिकित्सकको सीमित पहुँच र उपचारका लागि टाढा जानुपर्ने बाध्यताका कारण लामो समयदेखि रोग पालेर बसेका धेरै बिरामीका लागि धनकुटामा सञ्चालित नि:शुल्क बृहत् शल्यक्रिया स्वास्थ्य शिविरले राहत दिएको छ …

#उपचार #बिरामी
Compare →

Related Stories

Health & Wellness
Build #2612