Trending
Prev Story
Next Story

बाँकेमा असोजमा १२७ मुद्दा दर्ता

Nagarik News •
October 25, 2026 • 08:13 AM
3
3 reads 0 reactions

जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ ।

बाँकेमा असोजमा १२७ मुद्दा दर्ता

जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७ मुद्दा दर्ता गरेको छ। सो अवधिमा जघन्य प्रकृतिका १२, गम्भीर प्रकृतिका ४६ र सामान्य प्रकृतिका अपराधका ६९ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बताए।

उनका अनुसार यस अवधिमा चालु मुद्दाका १७९ प्रतिवादी पक्राउ परेका छन्। सार्वजनिक चासोका पुराना २० मुद्दाको सफल अनुसन्धान गरिएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित १२ मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा १५ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

आर्थिक अपराधका १६ र सम्पत्ति शुद्धीकरणसम्बन्धी एउटा मुद्दा दर्ता भएको छ। उक्त मुद्दामा एकजना पक्राउ परेका छन्। बाँके प्रहरीले पुराना तथा अनुसन्धानका क्रममा रहेका मुद्दाको फर्छ्याेटलाई पनि प्राथमिकता दिएको छ।

सार्वजनिक चासोका २० मुद्दाको सफल अनुसन्धान गरिएको छ। चालु मुद्दामा प्रतिवादीका रूपमा रहेका १७९ जनालाई पक्राउ गरिएको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले बताए।

अदालतको फैसला कार्यान्वयनतर्फ पनि प्रहरीले कारबाही अघि बढाएको छ। यस क्रममा ७० जना पक्राउ परेका छन्। उनीहरूबाट कार्यान्वयन हुनुपर्ने फैसलाअनुसार २० वर्ष ६ महिना २१ दिन कैद असुल गरिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीको निरूपणमा पनि प्रहरीले काम गरेको छ।

गत असोजमा यस प्रकृतिका १०६ उजुरी प्राप्त भएका छन्। तीमध्ये ९३ वटा फर्छ्याेट भएका छन् भने १३ फर्छ्याेट हुन बाँकी छन्।

गत असोजमा महिला १२, बालिका १४, बालक ११, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष एकजना हराएकामा हराएकामध्ये महिला १६, बालिका १३, बालक छ, ज्येष्ठ नागरिक पुरुष दुई र पुरुष दुई जना फेला परेको सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राठौरले बताए।

प्रकाशित: ८ कार्तिक २०८३ १३:५८ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2h ago
गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे आपत्तिजनक पोस्ट गरेपछि कंगनाविरुद्ध एफआईआर दर्ता

गान्धी परिवारबारे सामाजिक सञ्जालमा आपत्तिजनक र भड्काउ टिप्पणी गरेको आरोपमा भारतीय जनता पार्टी (भाजपा) सांसद तथा अभिनेत्री कंगना रनौतमाथि एफआईआर दर्ता भएको छ। हिमाचल प्रदेशको शिमलामा क्याप्टेन अतुल...

#दर्ता
Compare →
Ekantipur
1d ago
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोजमा मात्रै मुटुका सातवटा जटिल अप्रेसन

चालु आर्थिक वर्षको असोजमा १ सय ९७ जना बिरामीले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा प्राप्त गरेका थिए । तीमध्ये १ सय ९० जनाले ओपीडीमार्फत सेवा लिएका छन् भने सात जनाको अप्रेसन भएको छ ।

#असोज
Compare →
Onlinekhabar
3d ago
बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित

बटेश्वरका १२७ कर्मचारी ‘बटेश्वर रत्न’बाट सम्मानित

२५ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिकाका १२७ जना राष्ट्रसेवक कर्मचारी ‘बटेश्वर रत्न’ सम्मानबाट सम्मानित भएका छन् । बटेश्वर गाउँपालिकाका स्थायी बासिन्दा भई सरकारी सेवामा स्थायी रूपमा देशका विभिन्न ठाउँमा कार्यरत कर्मचारीलाई बटेश्वर नागरिक समाजले ‘बटेश्वर …

#१२७
Compare →

Related Stories

Business & Economy
Build #2612