Trending
Prev Story
Next Story

न्युजिल्यान्ड माथि भारतको रोमाञ्चक जित, सिरिजमा २-० काे अग्रता

Arthasansar •
October 25, 2026 • 03:02 AM
2
2 reads 0 reactions

तिलक वर्माको अविजित अर्धशतकको मद्दतमा भारतले दोस्रो टि ट्वान्टी अन्तर्राष्ट्रिय (आई) क्रिकेटमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ। न्युजिल्यान्डले दिएको...

न्युजिल्यान्ड माथि भारतको रोमाञ्चक जित, सिरिजमा २-० काे अग्रता

तिलक वर्माको अविजित अर्धशतकको मद्दतमा भारतले दोस्रो टि ट्वान्टी अन्तर्राष्ट्रिय (आई) क्रिकेटमा न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरेको छ। न्युजिल्यान्डले दिएको १ सय ८१ रनको लक्ष्य भारतले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। एक समय ७० रनमा ५ विकेट गुमाएर दबाबमा परेको भारतलाई तिलक, नामन धीर र नितिश कुमार रेड्डीले जितसम्म पुर्‍याए।

तिलकले २६ बलमा अविजित ५१ रन बनाए। धीर र रेड्डीले मिलेर ५७ रन जोड्दै भारतको जितको आधार तयार गरे। त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो। ग्लेन फिलिप्सले ४३ बलमा ७० र मिचेल ज्याकोब्सले ५८ रन बनाए। फिलिप्सले भारतीय बलरविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै न्युजिल्यान्डलाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्‍याएका थिए। भारतका अर्शदीप सिंहले २ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्डका कप्तान मिचेल सान्टनरले २१ रन खर्चेर ४ विकेट लिएपछि भारत दबाबमा परेको थियो। तर फिल्डिङमा भएका कमजोरीले भारतीय ब्याटरलाई जीवनदान दिए। धीरले ४८ बलमा ९७ रन आवश्यक रहेका बेला पाएको जीवनदानपछि भारतले खेलमा पुनरागमन गरेको थियो। अन्तिम ओभरहरूमा न्युजिल्यान्डको बलिङ र फिल्डिङ कमजोर बनेपछि भारतले १ बल बाँकी छँदै लक्ष्य पूरा गर्‍यो। म्याट हेनरीले दुई ओभर मात्र बलिङ गर्न सकेपछि न्युजिल्यान्डलाई थप समस्या परेको थियो।पहिलो खेलमा भारत ४ विकेटले विजयी भएको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#भारत
Compare →
Nagarik News
4h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#भारत
Compare →
Ekantipur
16h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Bizshala
18h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Onlinekhabar
19h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

World News
Build #2612