पत्रकार खोज्दै नयाँ पत्रिकाको कार्यालयमा प्रहरी
पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन् । त्यहाँ कार्यरत एक पत्रकारले भने, ‘प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै आएका छन् । उनीहरूले मैनालीलाई साइबर ब्युरोमा बुझ्नका लागि लैजान आएको बताएका छन् ।’