Trending
Prev Story
Next Story

त्यसदिन किन रोए ऋषि धमला ?

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

त्यसो त बिनासित्ती रुने मान्छे होइनन्, ऋषि धमला । किनभने उनी हँसिलो–रसिलो मान्छे हुन् । फुर्तीको त कुरै नगरौँ । वर्षौँ वर्षदेखि आफ्नो कर्ममा खटिएका उनी अक्सर थाक्दैनन् । सधैँ चिरिच्याट्ट भएर हिँड्ने ऋषि धमला वातानुकूलित …

त्यसदिन किन रोए ऋषि धमला ?

त्यसो त बिनासित्ती रुने मान्छे होइनन्, ऋषि धमला । किनभने उनी हँसिलो–रसिलो मान्छे हुन् । फुर्तीको त कुरै नगरौँ ।

वर्षौँ वर्षदेखि आफ्नो कर्ममा खटिएका उनी अक्सर थाक्दैनन् । सधैँ चिरिच्याट्ट भएर हिँड्ने ऋषि धमला वातानुकूलित स्टुडियोमा मात्र होइन, धुलाम्मे–हिलाम्मे सडकमा पनि अन्तर्वार्ता लिन पुग्ने गर्छन् । भलै, पछिल्लो निर्वाचनपछि उनले यतातिर विश्राम लिएका भए पनि ।

राजनीतिदेखि सिनेमासम्मका आलोताता कुराहरू कोट्याउन सक्ने उनी यस्तो मान्छे पनि हुन्, जो अन्तर्वार्ता लिने मात्र होइन, दिनेमा पनि उत्तिकै सक्रिय छन् । यसपालि चाहिँ उनी अन्तर्वार्ता दिने पात्रका रूपमा हाजिर भए, पौडेल कास्टमा ।

भनिहालौँ, यो हास्य अभिनेता राजाराम पौडेलको पोडकास्ट हो । पछिल्लो समय उनी सिनेमामा भन्दा पोडकास्टरका रूपमा बढी छाइरहेका छन् । उनैले यसपालि ऋषि धमलालाई आफ्नो पाहुना बनाए ।

हाँसोठट्टा गर्ने यी दुई पात्र कुराकानीका क्रममा एउटा भावुक मोडमा पुग्छन् । अनि त्यसदिन आफू खुब रोएको कुरा गर्छन् ऋषि धमला । उनी रुनुको कारण थियो, भाटभाटेनीको आगलागी ।

जेनजी विद्रोहका क्रममा भाटभाटेनी दनदनी जल्दा आफू रोएको उनले बताएका छन् । नेपालमा खरिदारीको संस्कृति बदल्ने भाटभाटेनीमा आगलागी भइरहँदा उनले आफूलाई सम्हाल्न नसकेको र रोएको बताएका हुन् । उनले पोडकास्टमा भनेका छन्, ‘सुरुमा मैले जेनजीहरूलाई शान्तिपूर्ण हुनुपर्छ है आन्दोलन भनेर सम्झाएको थिएँ । भोलिपल्ट दिनभर नै म पनि रिपोर्टिङमा खटिएँ । तेस्रो दिन भाटभाटेनी जल्दा भने म रोएँ ।’

खासमा राजाराम पौडेलको पोडकास्टमा रमाइला प्रसङ्गहरू बढी आउने गर्छन् । उनी त्यही किसिमका पात्रहरूलाई आफ्नो पाहुना बनाउँछन् । हाँसोठट्टाका कुरा हुने पोडकास्टमा यसपालि भने अलि भावनात्मक प्रसङ्गहरू जोडिएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
2d ago
ऋषि धमलाले मनाए भाइटीका, बहिनीको हातबाट लगाए सप्तरङ्गी टीका

ऋषि धमलाले मनाए भाइटीका, बहिनीको हातबाट लगाए सप्तरङ्गी टीका

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नी बहिनिको हातबाट भाइटीका लगाएका छन्। हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत भाइटीकाको अवसरमा धमला...

#ऋषि #धमला
Compare →

Related Stories

Politics & Governance
Build #2612