Trending
Prev Story
Next Story

स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेंसीसहर–चामे सडक सञ्चालन

Ekantipur •
October 23, 2026 • 12:30 PM
1
1 reads 0 reactions

गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो ।

स्थानीय जलविद्युत् कम्पनीको सहयोगमा बेंसीसहर–चामे सडक सञ्चालन

गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नुका साथै बाढीले सडक कटान गरेको थियो ।

मनाङ — मनाङ मर्स्याङ्दी हाइड्रोपावर कम्पनीको सहयोगमा अविरल वर्षापछि अवरुद्ध बेँसीसहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।

हाइड्रोपावर कम्पनीले आवश्यक उपकरण, जनशक्ति, इन्धन तथा अन्य सामग्री परिचालन गरी छ दिनमै उक्त सडक खुलाएको हो ।

दुर्गम हिमाली जिल्ला मनाङमा गत असोजमा चार दिनसम्म लगातार परेको भारी वर्षाका कारण उक्त सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नाका साथै बाढीले सडक कटान गरेको थियो ।

सडकखण्डको केही ठाउँमा आधार संरचना पनि क्षतिग्रस्त भएको अवस्थमामा मर्मतसम्भारपछि बेँसीसहरदेखि चामेसम्मको प्रभावित यातायात सेवा सञ्चालन गर्न सकिएको बुटवल पावर कम्पनीका संयोजक प्रतीकमानसिंह प्रधानले जानकारी दिए । उनका अनुसार विपद्पछि कम्पनीले तत्काल उपकरण र जनशक्ति परिचालन गरी क्षतिग्रस्त सडकखण्ड मर्मत तथा पुनःस्थापनाको काम थालेको हो ।

'अन्य जलविद्युत् आयोजना र स्थानीय सडकसम्बन्धी निकायसँग समन्वय गरी करिब ६० किलोमिटर बेँसीसहर–चामे सडक छ दिनमै सञ्चालनमा ल्याउन सफल भएका छौँ,' प्रधानले भने, 'चामेनजिक रहेको एक खोलामा  गेग्रानसहित आएको बाढीपहिरोले मुख्य नदीको बहाव अवरुद्ध गरी ताल बनाएको थियो । सरकारसँग सहकार्य गर्दै कम्पनीका तर्फबाट एक्स्काभेटरलगायतका उपकरण परिचालन गरी उद्धार तथा विपद् व्यवस्थापनमा आवश्यक डिजेल र अन्य सामग्री पनि उपलब्ध गराएर सडक सञ्चालनमा ल्याउन सकिएको हो ।'

उक्त सडकखण्डको मर्मतसम्भार तथा आपत्कालीन पुनःस्थापनाका लागि यसअघि पनि विभिन्न उपकरण र जनशक्ति परिचालन गर्दै आएको कम्पनीले जनाएको छ । उक्त सडक सञ्चालन भएसँगै मनाङका १३ गाउँका करिब पाँच हजार ६०० नागरिक लाभान्वित भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
4d ago
जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

कास्की । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई दायरामा ल्याउन पहल सुरु गरेको छ । गाउँपालिकाले सबै जलविद्युत् कम्पनीलाई पालिकामा सूचीकृत गर्ने तयारी गरेको ह...

#जलविद्युत् #कम्पनीको
Compare →
Bizshala
1w ago
भारतीय कम्पनीको हातमा ४७ सय मेगावाटका जलविद्युत् आयोजना, निर्माणमा भने सुस्तता

भारतीय कम्पनीको हातमा ४७ सय मेगावाटका जलविद्युत् आयोजना, निर्माणमा भने सुस्तता

काठमाण्डौ । नेपालका करिब ४ हजार ७ सय मेगावाट उत्पादन क्षमताका सात ठूला जलविद्युत् आयोजना भारतीय सरकारी तथा निजी...

#जलविद्युत् #कम्पनीको
Compare →
Nagarik News
1w ago
तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

आयोजनाको प्याकेज–२ अन्तर्गत विद्युतगृह, सुरुङ तथा सम्बन्धित उपकरण जडानको काम झन्डै ८० प्रतिशत सम्पन्न भएको हो।

#जलविद्युत्
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#असोज #कम्पनीको
Compare →

Related Stories

National (Nepal)
Build #2611