काठमाडौँ। अहिले देशका अधिकांश सरकारी तथा अन्य सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू बन्द छन्। इन्टरनेटका अधिकांश प्रणाली सञ्चालनमा प्रयोग हुने पीएचपी प्रोग्रामिङको कोडमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि विश्वभर वेब सेवाहरू प्रभावित भएका छन्। यसको प्रत्यक्ष असर नेपालका सरकारी निकायका वेभसाइट र अनलाइन सेवामा समेत परेको छ।
जोखिम पत्ता लागेसँगै राष्ट्रिय साइबर सुरक्षा केन्द्रले बिहीबार अत्यन्त जरुरी सुरक्षा एड्भाइजरी जारी गर्दै प्रणालीहरू तत्काल अपग्रेड गर्न र जोखिम व्यवस्थापन नभएसम्म सावधानी अपनाउन आग्रह गरेको छ ।
Read full story at source ( ratopati.com )