परिवारका सदस्य विदेशिएका र सहरमा कामकाजी पुस्ता व्यस्त बनिरहँदा बिरामी तथा ज्येष्ठ नागरिकको स्याहारका लागि नयाँ विकल्प बन्दै प्रविधिमा आधारित डिजिटल प्लाटफर्म, टेलिमेडिसिन र होम–केयर स्टार्टअप ।
रो जगारीका सिलसिलामा पोर्चुगल पुगेका कीर्तिपुरका अमित र मैनाको दम्पतीलाई काठमाडौंमा एक्लै बस्ने, मधुमेह र उच्च रक्तचापको समस्या भएका वृद्ध बुवाको स्वास्थ्य अवस्थाले सधैं पिरोल्थ्यो । मैनाका अनुसार अमितलाई आफ्ना बुवाको रक्तचाप कति पुग्यो, समयमै औषधि खाए कि खाएनन् वा थरीथरीका औषधि समयअनुसार छुट्याएर खान जाने कि जानेनन् भन्ने चिन्ता लागिरहन्थ्यो । अहिले भने अमितको मोबाइलमै बुवाको स्वास्थ्यसम्बन्धी विवरण आउने गरेको छ ।
घरमा खटिएका स्वास्थ्य सहायक (केयरगिभर) ले मोबाइल एपमार्फत बुवाको भाइटल साइन (रक्तचाप, मुटुको धड्कन, शरीरको तापक्रमलगायत) र औषधिको विवरण अद्यावधिक गरिदिन्छन् । त्यसलाई उनले हजारौं किलोमिटर टाढा पोर्चुगलबाट ड्यासबोर्डमा प्रत्यक्ष हेर्न पाउँछन् । नेपालमा पछिल्लो समय स्वास्थ्य स्याहार सेवा प्रविधि एवं व्यवसायसँग जोडिँदै दुई मुख्य विधामा विस्तार भइरहेको छ– अनलाइनबाटै विशेषज्ञ डाक्टरको भिडियो परामर्श लिइने टेलिमेडिसिन र घरमै डाक्टर, नर्स तथा तालिमप्राप्त केयरगिभर पुग्ने होम–केयर सेवा ।
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव मोबाइल, ट्याब्लेट र डेस्कटपमा एकै खाताबाट पहुँच स्वतन्त्र पत्रकारितालाई प्रत्यक्ष सहयोग
कान्तिपुर डिजिटल सदस्यता गहन समाचार पढ्नेहरूका लागि बनाइएको सदस्यता शीर्षक र सारांश मात्र पर्याप्त छैन। पूर्ण रिपोर्ट, पृष्ठभूमि र विश्लेषण अहिले नै अनलक गर्नुहोस् — बिना विज्ञापन, बिना सीमा। सबै प्रिमियम समाचार, विशेष रिपोर्ट र विश्लेषण अनलिमिटेड शान्त, विज्ञापनरहित पठन अनुभव
सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।