Trending
Prev Story
Next Story

७२ रनमै समेटिँदै नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित

Nagarik News •
November 24, 2026 • 03:00 PM
16
16 reads 0 reactions

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएको छ। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान ‘ए’ लाई १६८ रनमै रोकेको नेपाल ब्याटिङमा नराम्ररी चुक्दा ७२ रनमै समेटिन पुग्यो।

७२ रनमै समेटिँदै नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ९६ रनले पराजित भएको छ। बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान ‘ए’ लाई १६८ रनमै रोकेको नेपाल ब्याटिङमा नराम्ररी चुक्दा ७२ रनमै समेटिन पुग्यो।

१६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमै अलआउट भयो। नेपालका ६ जना ब्याटरले खाता नै खोल्न सकेनन् भने मात्र दुई ब्याटरले दोहोरो अङ्कमा रन जोडे।

ओपनर मायन यादवले एक छेउबाट संघर्ष गर्दै ५० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४१ रन बनाए। उनी अन्तिम विकेटका रूपमा आउट भएका थिए।

नेपालका लागि बशीर अहमदले १९ बलमा २ चौकासहित ११ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटर क्रिजमा टिक्न सकेनन्। देव खनालले ८ र कुशल भुर्तेलले १ रन जोडे भने अभिषेस गौतम १ रनमा अविजित रहे।

इशान पाण्डे, लोकेश बम, पवन सर्राफ, रसिद खान, नन्दन यादव र कप्तान सन्दीप लामिछाने शून्यमै पेभेलियन फर्किए। नेपालले अतिरिक्तबाट १० रन पाएको थियो।

नेपालको ब्याटिङ लाइनअप ध्वस्त पार्न पाकिस्तान ‘ए’ का मोहम्मद हसनैन र सुफियान मुकिमले समान ३-३ विकेट लिए।

हसनैनले ६ ओभरमा २१ रन र मुकिमले ३ ओभरमा १७ रन खर्चिए। यस्तै, मोहम्मद इमरानले ६ ओभरमा १ मेडनसहित २९ रन खर्चेर २ विकेट तथा माज सदाकतले २.३ ओभरमा मात्र ५ रन दिएर १ विकेट हात पारे। पवन सर्राफलाई इमरानले रनआउट गरेका थिए।

यसअघि कतारको दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रन बनाउँदै अलआउट भएको थियो।

नेपाली बलरको कसिलो आक्रमणसामु ८८ रन बनाउँदा ७ विकेट गुमाएर दबाबमा परेको पाकिस्तान ‘ए’ लाई विकेटकिपर रोहेल नजीरले सम्मानजनक स्कोरमा पुर्‍याए। नजीरले ८३ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६४ रनको अर्धशतकीय इनिङ्स खेले।

नजीरले आठौं विकेटका लागि अहमद दानियलसँग ७० रनको महत्त्वपूर्ण साझेदारी गर्दै टोलीको इनिङ्स उकासेका थिए। दानियलले ३५ बलमा १६ रन बनाए।

यस्तै, पाकिस्तान ‘ए’ का लागि हसन नवाजले २८, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समदले समान १३-१३ रन जोडे। ओपनर श्यामल हुसेन ६ र मोहम्मद हसनैन ४ रनमा आउट हुँदा फरहान युसुफ, मोहम्मद इमरान र सुफियान मुकिम शून्यमै पेभेलियन फर्किए।

नेपालका लागि बलिङतर्फ रसिद खानले सानदार प्रदर्शन गर्दै एक्लै ५ विकेट लिए। उनले ८ ओभरमा ३९ रन खर्चेर पाकिस्तान ‘ए’ का शीर्ष ३ सहित ५ ब्याटरलाई आउट गरेका थिए।

यस्तै, अभिषेस गौतमले ९ ओभरमा १ मेडनसहित २७ रन दिएर २ विकेट हात पारे भने कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १-१ विकेट लिए।

नन्दन यादवले ६ ओभरमा ३०, पवन सर्राफले २ ओभरमा १ मेडनसहित ४ र बशीर अहमदले १ ओभरमा ८ रन खर्चिए।

प्रकाशित: ८ मंसिर २०८३ २०:४५ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
14h ago
पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल

पाकिस्तान ‘ए’ सँग हारपछि बाहिरियो नेपाल

पहिलो खेलमा भारत ‘ए’ सँग नेपाल २६ रनमै अलआउट भएको थियो । युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजी मैदानमा पाकिस्तान ‘ए’ विरुद्ध नेपालले पुनः त्यसैको झल्को दिएको थियो र टेस्ट खेल्ने राष्ट्रहरुको टोलीसँग कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो ।

#रनमै #पाकिस्तान #सँग
Compare →
Hamro Patro News
13h ago
पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार, ७२ रनमै समेटियो नेपाली टोली

पाकिस्तान ‘ए’सँग नेपालको लज्जास्पद हार, ७२ रनमै समेटियो नेपाली टोली

काठमाडौं । एसीसी पुरुष एसिया कप राइजिङ स्टार्स २०२६ अन्तर्गत पाकिस्तान ‘ए’विरुद्धको खेलमा नेपाल ९६ रनको फराकिलो अन्तरले पराजित भएको छ। ब्याटिङमा कमजोर प्रदर्शन गरेको नेपालले १६९ रनको लक्ष्य पछ्याउ...

#रनमै #पाकिस्तान #सँग
Compare →

Related Stories

Sports
Build #2621