Trending
Prev Story
Next Story

पोखरामा शाओमीको पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालन, स्मार्ट होम अप्लायन्सेसदेखि अत्याधुनिक प्रविधिका सामग्री उपलब्ध

Bizshala •
November 24, 2026 • 01:37 PM
23
23 reads 0 reactions

काठमाण्डौ । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ।नेपालमा...

पोखरामा शाओमीको पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालन, स्मार्ट होम अप्लायन्सेसदेखि अत्याधुनिक प्रविधिका सामग्री उपलब्ध

काठमाण्डौ । विश्वप्रसिद्ध प्रविधि ब्रान्ड शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ।

नेपालमा बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्रालिले सञ्चालनमा ल्याएको हो।

नयाँ स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, एयर प्युरिफायर, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन्। ग्राहकले यी सबै सामग्री एकै स्थानबाट अवलोकन तथा खरिद गर्न सक्नेछन्।

स्मार्टफोन बिक्रीमा मात्र सीमित नरही ग्राहकलाई शाओमीका विभिन्न प्रविधि तथा उत्पादनको एकै स्थानमा अनुभव दिलाउने उद्देश्यले स्टोर स्थापना गरिएको कम्पनीले जनाएको छ।

नेपालमा शाओमीका होम अप्लायन्सेस तथा साना घरायसी विद्युतीय उपकरणको एकमात्र आधिकारिक वितरक टेलिडाइरेक्ट प्रालिले यस स्टोरमार्फत आफ्नो खुद्रा बजार विस्तारलाई अघि बढाएको हो।

कम्पनीले आगामी दिनमा एआईओटी उत्पादन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनलगायत स्मार्ट होमसम्बन्धी थप सामग्री उपलब्ध गराउँदै उत्पादनको दायरा विस्तार गर्ने योजना बनाएको छ।

टेलिडाइरेक्ट प्रालिका कार्यकारी निर्देशक सञ्जय अग्रवालले शाओमीलाई स्मार्टफोनमा मात्र सीमित नराखी यसका सम्पूर्ण स्मार्ट प्रविधि तथा उत्पादन उपभोक्तामाझ पुर्‍याउने लक्ष्य रहेको बताए।

उनले भने, ‘हाम्रो उद्देश्य शाओमीलाई स्मार्टफोनभन्दा बाहिर पनि विस्तार गर्दै यसका सम्पूर्ण स्मार्ट जीवनशैलीसँग सम्बन्धित उत्पादन उपभोक्ताको नजिक पुर्‍याउनु हो। पोखरा हाम्रा लागि महत्वपूर्ण बजार हो। यहाँ एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याउनु यस दिशामा महत्वपूर्ण कदम हो।’

उनका अनुसार ग्राहकले एकै स्थानमा शाओमीका विभिन्न उत्पादन तथा नवीन प्रविधिको अनुभव लिन सक्ने वातावरण निर्माण गर्नु कम्पनीको प्राथमिकता हो।

‘यो सुरुवात मात्र हो। आगामी दिनमा खुद्रा बजार विस्तार गर्दै नेपालभरका उपभोक्तामाझ शाओमीका थप आकर्षक उत्पादन पुर्‍याउने हाम्रो योजना छ,’ अग्रवालले भने।

पोखरामा खुलेको यो स्टोर भविष्यमा नेपालका अन्य स्थानमा पनि यस्ता एक्सक्लुसिभ स्टोर विस्तार गर्ने कम्पनीको योजनाको पहिलो कदम भएको जनाइएको छ।

स्टोर सञ्चालनसँगै शाओमी र टेलिडाइरेक्टले नेपालमा आधुनिक प्रविधि तथा स्मार्ट जीवनशैलीसम्बन्धी उत्पादनलाई थप सहज र सर्वसुलभ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
40m ago
पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

पोखरामा ‘किङ्स कप’ राष्ट्रिय पुरुष भलिबल सुरु

• पोखरामा ‘किङ्स कप’ राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ, जसको उद्घाटन गण्डकीका सामाजिक विकास मन्त्री रेखा गुरुङले गरिन्। • प्रतियोगितामा गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब र आयोजक…

#पोखरा
Compare →
Nagarik News
7h ago
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको आकर्षण बढ्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको आकर्षण बढ्दै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानमा यात्रुको आकर्षण बढ्दै गएको पाइएको छ।

#पोखरा
Compare →
Arthasansar
5d ago
एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

खाना पकाउने एलपीजी ग्यास सिलिन्डरमा तोकिएभन्दा बढी मूल्य लिने एक स्टोरलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले २ लाख...

#स्टोर
Compare →
Ekantipur
5d ago
भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

भाटभटेनीको दमक स्टोर शनिबारदेखि पुनः सञ्चालनमा आउने

कम्पनीका अनुसार पुनः सञ्चालनसँगै दमकका ग्राहकले आधुनिक सुविधा र गुणस्तरीय सेवा पाउनेछन्, जबकि पुनर्निर्माणका प्रयास पनि जारी रहनेछन्।

#स्टोर
Compare →
Onlinekhabar
6d ago
पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

पोखरामा माछापुच्छ्रे दौड आयोजना हुँदै

३ मंसिर, पोखरा । माछापुच्छ्रे बैंक लिमिटेडको मुख्य प्रायोजनमा ‘माछापुच्छ्रे दौड’ आगामी मंसिर २६ गते पोखरामा सञ्चालन हुने भएको छ । बैंकले नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस प्रतियोगिताको सञ्चालक हिमालयन …

#पोखरा
Compare →

Related Stories

Technology
Build #2625