Trending
Prev Story
Next Story

पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट, रसिद एक्लैले लिए ५ विकेट

Nagarik News •
November 24, 2026 • 01:04 PM
16
16 reads 0 reactions

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १६८ रनमै अलआउट गरेको छ। रसिद खानको घातक बलिङको मद्दतमा नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको हो।

पाकिस्तान ‘ए’ १६८ रनमा अलआउट, रसिद एक्लैले लिए ५ विकेट

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत समूह ‘बी’ को खेलमा नेपालले पाकिस्तान ‘ए’ लाई १६८ रनमै अलआउट गरेको छ। रसिद खानको घातक बलिङको मद्दतमा नेपालले जितका लागि १६९ रनको लक्ष्य पाएको हो।

कतारको दोहामा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान ‘ए’ ४२ ओभरमै सम्पूर्ण विकेट गुमाएर १६८ रनमा समेटियो। पाकिस्तान ‘ए’ को इनिङ्स ध्वस्त पार्ने क्रममा नेपालका रसिद खानले एक्लै ५ विकेट लिए।

उनले ८ ओभर बलिङ गर्दै ३९ रन खर्चिए। यस्तै, अभिषेस गौतमले ९ ओभरमा १ मेडनसहित २७ रन खर्चेर २ विकेट हात पारे भने सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १-१ विकेट लिए। लामिछानेले ७ ओभरमा मात्र २० रन दिए।

नेपाली बलरको कसिलो आक्रमणसामु दबाबमा परेको पाकिस्तान ‘ए’ ले ८८ रन बनाउँदा ७ विकेट गुमाइसकेको थियो। तर, विकेटकिपर रोहेल नजीरले एक छेउबाट उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई प्रतिस्पर्धात्मक स्कोरसम्म पुर्‍याए।

नजीरले ८३ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६४ रनको अर्धशतकीय इनिङ्स खेले। उनले आठौं विकेटका लागि अहमद दानियलसँग ७० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए।

१५८ रनको स्कोरमा रसिद खानले दानियललाई पाण्डेको हातबाट क्याच आउट गराउँदै उक्त साझेदारी तोडे। लगत्तै सुफियान मुकिमलाई शून्यमै बोल्ड गर्दै खानले आफ्नो ५ विकेट पूरा गरे भने ४२औं ओभरको अन्तिम बलमा अभिषेस गौतमले मोहम्मद हसनैनलाई एलबीडब्लु आउट गर्दै पाकिस्तान ‘ए’ को इनिङ्स समाप्त पारे।

पाकिस्तान ‘ए’ का लागि हसन नवाजले २८, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समदले समान १३-१३ रन बनाए।

नेपालले अब १६९ रनको लक्ष्य पछ्याउँदै केहीबेरमा जवाफी ब्याटिङ थाल्नेछ।

प्रकाशित: ८ मंसिर २०८३ १८:४९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
4d ago
पाकिस्तान शाहीन्स १६८ रनमा अलआउट, रासिदले लिए ५ विकेट

पाकिस्तान शाहीन्स १६८ रनमा अलआउट, रासिदले लिए ५ विकेट

८ मंसिर, काठमाडौं । रासिद खानले लिस्ट ए करियरमा पहिलो ५-विकेट प्रदर्शन गर्दा नेपालले राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान शाहीन्सलाई १६८ रनमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा …

#पाकिस्तान #विकेट #१६८
Compare →
Hamro Patro News
18h ago
पाकिस्तान ‘ए’ विरुद्ध नेपालको ब्याटिङ धराशायी, १५ रनमै ४ विकेट पतन

पाकिस्तान ‘ए’ विरुद्ध नेपालको ब्याटिङ धराशायी, १५ रनमै ४ विकेट पतन

एसिया कप राइजिङ स्टार्स क्रिकेट अन्तर्गत पाकिस्तान ‘ए’ ले दिएको १६९ रनको लक्ष्य पछ्याइरहेको नेपालको ब्याटिङ सुरुवातमै धराशायी भएको छ। छैटौं ओभरमै नेपालले १५ रन जोड्दा ४ प्रमुख विकेट गुमाइसकेको छ। ...

#पाकिस्तान #विकेट #ओभर
Compare →
Ekantipur
18h ago
रशिदको पाकिस्तान ‘ए’ विरुद्ध सानदार बलिङ, नेपाललाई जितका लागि १ सय ६९ रनको लक्ष्य

रशिदको पाकिस्तान ‘ए’ विरुद्ध सानदार बलिङ, नेपाललाई जितका लागि १ सय ६९ रनको लक्ष्य

कतारमा भइरहेको प्रतियोगितामा रशिदले ८ ओभरमा ३९ रन खर्चेर पहिलो पटक ५ विकेट लिएका हुन् ।

#पाकिस्तान #विकेट #ओभर
Compare →

Related Stories

Sports
Build #2621