Trending
Prev Story
Next Story

कसरी आउँछ भारतले दिने २ खर्ब ४० अर्ब सहयोग ?

Ekantipur •
November 23, 2026 • 06:03 PM
5
5 reads 0 reactions

भारतले भूकम्पपछि घोषणा गरेको एक अर्ब डलरमध्ये सहुलियतपूर्ण कर्जाअन्तर्गतको ठूलो हिस्सा उपयोग हुन सकेन । एक्जिम बैंकको सर्तले मुख्यतः शिक्षण तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण रोकियो ।

कसरी आउँछ भारतले दिने २ खर्ब ४० अर्ब सहयोग ?

भारतले भूकम्पपछि घोषणा गरेको एक अर्ब डलरमध्ये सहुलियतपूर्ण कर्जाअन्तर्गतको ठूलो हिस्सा उपयोग हुन सकेन । एक्जिम बैंकको सर्तले मुख्यतः शिक्षण तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण रोकियो ।

अमृत साइन्स क्याम्पसका विद्यार्थी १२ वर्षअघि भूकम्पले क्षति पुर्‍याएको पुराना र जीर्ण भवनमा पढिरहेका छन् । क्याम्पसले पुनर्निर्माणका लागि गुरुयोजना र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन १० करोड रुपैयाँ खर्च गरिसकेको छ । तर, भवन निर्माण अघि बढेको छैन । भूकम्पपछि भारतको सहयोगमा पुनर्निर्माण गर्ने सूचीमा परेको क्याम्पसले आफ्नै स्रोतबाट भवन बनाउन पनि सकिरहेको छैन । कारण, निर्माणका लागि भारतको एक्जिम बैंकसँग भएको सम्झौता अझै कायमै छ ।

त्रिभुवन विश्वविद्यालयका देशभरका ३९ क्याम्पसको अवस्था पनि यस्तै छ । भारतले उपलब्ध गराउने भनेको सहुलियतपूर्ण ऋण परिचालन हुन नसक्दा एक दशकसम्म पनि क्याम्पस र स्वास्थ्य चौकीका भवन पुनर्निर्माणको प्रतीक्षामा छन् । अमृत साइन्स क्याम्पसका प्रमुख होमबहादुर बानियाँका अनुसार पुराना र जोखिमपूर्ण भवनमा कक्षा सञ्चालन भइरहेको छ ।

यही पृष्ठभूमिमा भारतले नेपाललाई भोटेकोशी बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणा गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीमा उक्त सहयोग घोषणा गरेका हुन् । यसबाट पुनर्निर्माण र पूर्वाधार विकासका लागि ठूलो स्रोत उपलब्ध हुने अपेक्षा गरिएको छ । तर, अघिल्लो प्रतिबद्धताको अनुभवले घोषणा गरिएको रकम वास्तवमै आयोजनामा रूपान्तरण हुन्छ कि हुँदैन भन्ने प्रश्न पनि सँगै उठाएको छ ।

नेपाल र भारतले भ्रमणपछि जारी गरेको संयुक्त विज्ञप्तिअनुसार नयाँ सहयोगमध्ये ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण हुनेछ । अनुदान विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार आयोजनामा खर्च गरिनेछ भने ऋण ऊर्जा क्षेत्रका परियोजनाका लागि उपलब्ध गराइने उल्लेख छ । कुन आयोजना छनोट गर्ने र सहायता परिचालनको प्रक्रिया कस्तो हुने भन्ने विषय भने दुई देशबीचको परामर्शबाट टुंगो लगाइने विज्ञप्तिमा उल्लेख छ ।

यो सहयोगले विपद्बाट प्रभावित परिवारको जीवन सामान्य बनाउन, नयाँ अवसर सिर्जना गर्न र भविष्यमा विपद् सामना गर्ने नेपालको क्षमता अभिवृद्धि गर्न सघाउने मोदीले बताएका छन् । तर, नेपालको अनुभवमा विदेशी सहयोगको चुनौती स्रोत जुटाउनु मात्र नभई समयमै खर्च गर्न सक्ने आयोजना र कार्यान्वयन प्रणाली तयार गर्नु पनि हो ।

२०७२ को भूकम्पपछि भारतले नेपाललाई १ अर्ब अमेरिकी डलर बराबरको पुनर्निर्माण सहायता घोषणा गरेको थियो । त्यसमा २५ करोड डलर अनुदान र ७५ करोड डलर सहुलियतपूर्ण ऋण थियो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार अनुदान रकम पुनर्निर्माणमा खर्च भए पनि ऋणको ठूलो हिस्सा परिचालन हुन सकेन । ‘भारतको एक्जिम बैंकबाट ऋण प्राप्त गर्ने सम्झौता भएको थियो,’ उनले भने, ‘सम्झौताका सर्त पूरा नहुँदा कार्यान्वयन हुन सकेन ।’

नेपाल र भारतबीच सेप्टेम्बर २०१६ मा एक्जिम बैंकमार्फत उक्त ऋण परिचालन गर्ने सम्झौता भएको थियो । तर, ऋण उपयोग गर्न भारतीय सामग्री र निर्माण व्यवसायीको सहभागितासम्बन्धी सर्त पूरा गर्नुपर्ने व्यवस्था थियो । मेसिनरी, उपकरण तथा सेवामा कम्तीमा ७५ प्रतिशत र सिभिल निर्माणमा ५० प्रतिशत भारतीय सामग्री प्रयोग गर्नुपर्ने प्रावधान रहेको तत्कालीन सम्बद्ध अधिकारीहरू बताउँछन् ।

यसले नेपालले आफ्नै आवश्यकता र प्राथमिकताअनुसार आयोजना छनोट तथा निर्माण गर्न कठिन भएको छ ।

ऋणका सर्तमा आयोजना छनोटदेखि खरिद र कार्यान्वयनसम्म नेपाल तथा भारतका विभिन्न निकायबाट स्वीकृति लिनुपर्ने व्यवस्था पनि थियो । साना र देशभर छरिएका आयोजना कार्यान्वयन गर्न यस्तो प्रक्रिया झन्झटिलो बन्यो । नेपालले विद्यालय, स्वास्थ्य चौकी र अन्य स्थानीय पूर्वाधारमा ऋण खर्च गर्न खोजेको थियो । तर, ती आयोजना भारतीय सामग्री र ठेकेदारको सहभागितासम्बन्धी सर्तसँग मेल खान नसकेको सम्बन्धित अधिकारीहरू बताउँछन् ।

‘उनीहरूको ऋण आफ्ना सामग्री निर्यात गर्नेमा केन्द्रित देखिन्थ्यो । हामीले पुनर्निर्माणमा सकभर स्थानीय सामग्री प्रयोग गर्ने भनेका थियौं,’ अर्थ मन्त्रालयका तत्कालीन एक अधिकारीले भने, ‘उनीहरूले निर्यातलाई ध्यान दिएर भारतीय निर्माण सामग्री प्रयोग गर्नुपर्ने र निर्माण व्यवसायी पनि उतैको हुनुपर्ने सर्त राखेका थिए ।’

ऋण परिचालनको प्रक्रिया अघि नबढेपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सन् २०१८ मै सर्त परिवर्तन गर्न अर्थ मन्त्रालयलाई आग्रह गरेको थियो । आयोजना छनोट र खरिद प्रक्रियालाई सहज बनाउने तथा ऋणको रकम ठूला परियोजनामा परिचालन गर्ने विकल्पसमेत अघि सारिएको थियो । तर, त्यसले पनि अपेक्षित निकास पाएन ।

ज्ञवालीका अनुसार ऋणको सर्तअनुसार आयोजना छनोट गर्नुपर्ने र त्यसैअनुसार कार्यान्वयन गर्ने जनशक्तिको क्षमता विकास गर्नुपर्ने थियो । एक्जिम बैंकका प्रतिनिधि र कार्यान्वयन निकायबीच प्रत्यक्ष समन्वय नहुँदा पनि काम अघि बढाउन कठिन भएको थियो । ‘लगानी प्रक्रियालाई सरलीकरण गर्न उनीहरूका प्रतिनिधि काठमाडौंमै राखेर काम गर्नुपर्छ । रकम खर्च गर्ने संरचना नै नेपालमा राख्नुपर्छ,’ ज्ञवालीले भने, ‘एक्जिम बैंकको सम्पर्क कार्यालय काठमाडौंमा नै राख्न हामीले भनेका थियौं ।’ उनका अनुसार ऋणका सर्त पूरा गर्न सकिने आयोजना मात्र छनोट गरेको भए कार्यान्वयनको सम्भावना बढी हुन्थ्यो ।

भारतका लागि नेपालका पूर्वराजदूत तथा अर्थशास्त्री शंकर शर्मा पनि सहुलियतपूर्ण ऋण परिचालन गर्दा साना आयोजनाभन्दा ठूला परियोजना छनोट गर्नु उपयुक्त हुने बताउँछन् । ‘पहिले भूकम्पका बेला सर्तका कारण पनि ऋण सदुपयोग हुन सकेन । साना आयोजनामा यस्ता रकम खर्च गर्न मुस्किल हुन्छ,’ उनले भने, ‘यस पटक सरकारले ठूला जलविद्युत् तथा प्रसारण लाइनका आयोजनामा रकम खर्च गर्ने लक्ष्य लिएको छ । ठूला परियोजनामा रकम परिचालन गर्न सहज हुन्छ ।’ तर, ठूला आयोजना छनोट गर्दैमा समस्या समाधान हुने निश्चित छैन । निर्माण सामग्री र जनशक्तिसम्बन्धी सर्तले फेरि पनि कार्यान्वयनमा अवरोध सिर्जना गर्न सक्ने शर्माको भनाइ छ । ‘ऋणको पैसामा स्थानीय विषय पनि धेरै हुन्छन् । निर्माण सामग्री र काम गर्ने जनशक्ति यहीँका हुन्छन् । उतैबाट ल्याउनुपर्ने भन्दा समस्या भएको हुन सक्छ,’ उनले भने, ‘ठेकेदार भारतीय भए पनि स्थानीय ठेकेदारमार्फत काम गराउने व्यवस्था गर्न सकिन्छ ।’

सुदीप कैनी कान्तिपुर दैनिकका संवाददाता हुन् । उनी शिक्षा, स्वास्थ्य तथा समसामयिक विषयमा कलम चलाउँछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
6h ago
भारतले दिने सबै २ खर्ब ४० अर्ब अनुदान हो ?

भारतले दिने सबै २ खर्ब ४० अर्ब अनुदान हो ?

भारतले नेपाललाई घोषणा गरेको २४ हजार करोड रुपैयाँ विकास सहायतामध्ये करिब २३ प्रतिशत मात्रै अनुदान रहेको खुलेको छ। बाँकी १८ हजार ४०० करोड रुपैयाँ भने ऋण सुविधा (लाइन अफ क्रेडिट) हो। नेपाल र भारतका प...

#भारत #दिने #खर्ब
Compare →
Nagarik News
12h ago
नेपालको पूर्वाधार सुधारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ दिने भारतको घोषणा

नेपालको पूर्वाधार सुधारका लागि २ खर्ब ४० अर्ब रुपैयाँ दिने भारतको घोषणा

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन्।

#भारत #दिने #खर्ब
Compare →
Bizshala
3h ago
दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

दुईदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने औपचारिक राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्किने...

#भारत #दिने
Compare →
Arthasansar
10h ago
४३ ओभरमा ६३ रनको साझेदारी, भारत वल्ड टेस्ट च्याम्पियनशिपको फाइनल होडबाट अझ टाढा

४३ ओभरमा ६३ रनको साझेदारी, भारत वल्ड टेस्ट च्याम्पियनशिपको फाइनल होडबाट अझ टाढा

भारत र घरेलु टोली न्युजिल्यान्डबीचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । वेलिङ्टनमा खेलको पाँचौँ दिन न्युजिल्यान्डले दोस्रो पारीमा ५...

#भारत
Compare →

Related Stories

World News
Build #2621