Trending
Prev Story
Next Story

प्रदर्शनमा आयो कबड्डी–५, ओपनिङ उत्साहजनक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

दसैंको रौनक बाँकी रहँदै कबड्डीको पाँचौँ शृङ्खला प्रदर्शनमा आएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मले देशभरका सिनेमाघरमा सर्वाधिक शो पाएको छ । र, सुरुवाती अकुपेन्सी उत्साहजनक देखिएको छ । अधिकांश हलका सिट हराभरा देखिएका …

प्रदर्शनमा आयो कबड्डी–५, ओपनिङ उत्साहजनक

दसैंको रौनक बाँकी रहँदै कबड्डीको पाँचौँ शृङ्खला प्रदर्शनमा आएको छ । रामबाबु गुरुङ निर्देशित यो फिल्मले देशभरका सिनेमाघरमा सर्वाधिक शो पाएको छ । र, सुरुवाती अकुपेन्सी उत्साहजनक देखिएको छ । अधिकांश हलका सिट हराभरा देखिएका छन् ।

ठ्याक्कै १२ वर्षअघि ‘कबड्डी’ प्रदर्शनमा आएको थियो । त्यसैको सिलसिला हो, कबड्डी–५ पनि । यसलाई ‘आफ्टर द फाइनल म्याच’ भनिएको छ । खेल सकिए पनि कथा सकिएको छैन । काजीको बिहेलाई मियो बनाएर तन्काइएको कथाले यसपालि कुन मोड लिन्छ ? त्यसका लागि भने हलसम्म पुग्नैपर्ने हुन्छ ।

जे होस्, यो ब्लकबस्टर फिल्म कबड्डीकै कथालाई लिएर अगाडि बढेको छ । पात्र, परिवेश उही हो । फरक चाहिँ कथाको आयाम हो । निर्देशक रामबाबु गुरुङले विगतको लयलाई कसरी कायम राखेका छन् ? नतिजा आउने नै छ ।

यसपालि दर्शक प्रतिक्रियाले कबड्डीको खेल यहीँ रोकिनेछ वा फेरि अर्को खेलको उद्घोष हुनेछ भन्ने कुराको पनि टुङ्गो गर्नेछ ।

फिल्म हलमा आउनुभन्दा तीन दिनअघि नै अग्रिम टिकट बुकिङ खुलाइएको थियो । प्रदर्शनको मुखमा आइपुग्दा टिकट बिक्रीको दर उच्च देखिएको छ र हलहरू करिब भरिएको बताइन्छ । यसरी सुरुवाती व्यवसाय निकै राम्रो गर्ने सङ्केत मिलेको छ ।

यद्यपि, फिल्मको असली तागत हेर्न दुई वा तीन दिन पर्खनुपर्ने हुन्छ । खासगरी, फिल्म हेरेर निस्किएका दर्शकले दिने प्रतिक्रियाले यसको सफलता र असफलता मापन गर्नेछ । त्यसैले यो फिल्म अघिल्लो शृङ्खलाजस्तै सुपरहिट हुनेछ वा हुनेछैन भन्ने टुङ्गो गर्न अझै केही दिन पर्खनुपर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

खुम्चियो कबड्डीको कमाइ, एक सातामा डेढ करोडको कारोबार

आक्रामक व्यापारसहित प्रदर्शनमा आएको ‘कबड्डी–५ : आफ्टर द फाइनल म्याच’ को व्यापार ह्वात्तै घटेको छ । पछिल्लो एक सातामा यसको कमाइ १ करोड ६३ लाखमा खुम्चिएको हो । जबकि सुरुवाती पहिलो सातामा १० करोडभन्दा...

#कबड्डी #प्रदर्शन
Compare →
Ekantipur
5h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#प्रदर्शन
Compare →
Nagarik News
10h ago
प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

प्रदर्शनको दुई दिन नबित्दै 'बाटुलो जून'ले साइबर ब्यूरोमा दियो उजुरी, यस्तो छ कारण

कार्तिक २६ देखि प्रदर्शनमा आएको चलचित्र ‘बाटुलो जून’ का निर्माण टिमले शुक्रबार साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन्।

#प्रदर्शन
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611