Trending
Prev Story
Next Story

'जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत आज साँझ पाटन घुम्दै दुई मन्त्री

Bizshala •
November 22, 2026 • 02:35 PM
5
5 reads 0 reactions

काठमाण्डौ। ‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत आज साँझ ललितपुरको पाटन क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री...

'जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत आज साँझ पाटन घुम्दै दुई मन्त्री

काठमाण्डौ। ‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत आज साँझ ललितपुरको पाटन क्षेत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता तथा सांसद जगदीश खरेल सहभागी हुने भएका छन्।

सार्वजनिक गरिएको कार्यक्रमअनुसार आज मंसिर ६ गते आइतबार साँझ ६ः३० बजेदेखि पाटनका विभिन्न स्थानमा घुमघाम कार्यक्रम आयोजना गरिनेछ।

कार्यक्रमको रुट सुनधारा, टंगाल, ओकुबहाल, अग्निशाला, पिम्बहाल हुँदै मंगलबजारसम्म तय गरिएको छ।

‘जनतासँग सरकार : ललितपुर पाटन घुमघाम’ नाम दिइएको कार्यक्रममा दुई मन्त्री र रास्वपा प्रवक्ताको सहभागिता रहने जनाइएको छ।

प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा रहेका बेला सरकारका दुई मन्त्री सहभागी हुने गरी पाटन क्षेत्रमा यो कार्यक्रम तय गरिएको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
2d ago
पाटन घुमघाममा दुई मन्त्री र एक सांसद (तस्वीरहरू)

पाटन घुमघाममा दुई मन्त्री र एक सांसद (तस्वीरहरू)

६ मंसिर, काठमाडौं । आइतबार साँझ कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ ललितपुरको पाटनमा घुमघाममा पुगेका छन्।  जनतासँग सरकार, ललितपुर पाटन घमुघाम कार्यक्रमअन्तर्गत दुई मन्त्रीसँगै रास्वपाकै सांसद जगदीश खरेल पाटन पुगेका …

#पाटन #साँझ #ललितपुर
Compare →

Related Stories

Politics & Governance
Build #2612