Trending
Prev Story
Next Story

एल्विशले आफ्नै साथीलाई दिए झट्का, गुल्लूको खेल देखेर सलमान पनि निराश

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

‘बिग बोस २०’ मा यसपटक गुल्लूलाई आफ्नै साथीबाट समेत साथ मिलेन । युट्युबर एल्विश यादवले कमजोर खेल खेलेको भन्दै आफ्नै ‘रोडीज’ ग्याङका सदस्य गुल्लूको खुलेर आलोचना गरेका छन् । उता, कार्यक्रमका सञ्चालक सलमान खानले पनि गुल्लूलाई …

एल्विशले आफ्नै साथीलाई दिए झट्का, गुल्लूको खेल देखेर सलमान पनि निराश

‘बिग बोस २०’ मा यसपटक गुल्लूलाई आफ्नै साथीबाट समेत साथ मिलेन । युट्युबर एल्विश यादवले कमजोर खेल खेलेको भन्दै आफ्नै ‘रोडीज’ ग्याङका सदस्य गुल्लूको खुलेर आलोचना गरेका छन् ।

उता, कार्यक्रमका सञ्चालक सलमान खानले पनि गुल्लूलाई खेलमा गम्भीर हुन र खुलेर आफ्नो पक्ष राख्न सुझाव दिएका छन् ।

‘वीकेन्डका वार’मा सलमानले घरका सदस्यलाई विभिन्न विषयमा प्रश्न गर्दै उनीहरूको खेलको समीक्षा गरेका थिए । यस क्रममा उनले कुनै पनि विषयमा आफ्नो धारणा नराख्ने र आवश्यक पर्दा स्ट्यान्ड नलिने सदस्यको नाम सोधे ।

अधिकांश प्रतिस्पर्धीले गुल्लूको नाम लिए । त्यसपछि सलमानले उनलाई खेललाई गम्भीरतापूर्वक लिन र फ्रन्ट फुटमा आएर खेल्न सुझाव दिए ।

गुल्लूका लागि सबैभन्दा अप्ठ्यारो क्षण भने त्यतिबेला आयो, जब एल्विशको भिडियो सन्देश देखाइयो । सलमानले बाहिरबाट आएका भिडियो क्लिप देखाउँदै गुल्लूको खेलबारे एल्विशको धारणा सुनाएका थिए ।

रोचक कुरा के थियो भने एल्विशलाई गुल्लूसँग मनमुटाव भएका प्रतिस्पर्धीमध्ये कसैको आलोचना गर्न भनिएको थियो । तर उनले अरूलाई छाडेर आफ्नै ‘रोडीज’ ग्याङका साथी गुल्लूलाई नै कमजोर खेलका लागि प्रश्न गरे ।

यसले घरभित्रका सदस्यलाई समेत आश्चर्यमा पार्‍यो । सलमानले पनि अरूको व्यवहार र गतिविधिमा गुल्लूले प्रभावकारी प्रतिक्रिया दिन नसकेको भन्दै प्रश्न उठाए ।

कार्यक्रमको सुरुवात भने रमाइलो माहोलबाट भएको थियो । गुल्लू अभिनेत्री कनिका मानसँग नजिकिँदै गएको देखिए ।

कुराकानीकै क्रममा उनले कनिकाप्रति आफ्नो मनमा ‘सफ्ट कर्नर’ बन्न थालेको बताएका थिए । उनको यस्तो कुरा सुनेर कनिका पनि हाँस्दै लजाएकी थिइन् ।

यता, काजी तौकीर र माही विजले गुल्लूको कनिका मान र लव गिलसँगको बढ्दो निकटताबारे चर्चा गरिरहेका थिए । अर्कोतर्फ, अरिश्फा खान र स्काउट ओपीले काजीसँग गीत गाउने अभ्यास गरेका थिए ।

यसैबीच, टेलिभिजन अभिनेता करण वाहीले भिडियो सन्देशमार्फत काजी तौकीरको खेलमाथि प्रश्न उठाए । उनले काजीले घरभित्र वास्तविक व्यवहारभन्दा अभिनय बढी गरिरहेको आरोप लगाएका थिए ।

तर काजी र उदितीले भने करणको टिप्पणीप्रति असहमति जनाए ।

कार्यक्रमको अन्त्यमा सलमानले आइतबार एक प्रतिस्पर्धी घरबाट बाहिरिने जानकारी दिए । यससँगै घरभित्रका सदस्यको तनाव पनि बढेको छ ।

अब गुल्लूले आफ्नो खेलमा सुधार ल्याउँछन् कि काजीमाथि उठेका प्रश्नको प्रभाव उनको यात्रामा पर्छ, त्यो भने आगामी एपिसोडमा देखिनेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
एल्विशले आफ्नै साथीलाई दिए झट्का, गुल्लूको खेल देखेर सलमान पनि निराश

एल्विशले आफ्नै साथीलाई दिए झट्का, गुल्लूको खेल देखेर सलमान पनि निराश

‘बिग बोस २०’ मा यसपटक गुल्लूलाई आफ्नै साथीबाट समेत साथ मिलेन । युट्युबर एल्विश यादवले कमजोर खेल खेलेको भन्दै आफ्नै ‘रोडीज’ ग्याङका सदस्य गुल्लूको खुलेर आलोचना गरेका छन् । उता, कार्यक्रमका सञ्चालक ...

#गुल्लू #आफ्नै #एल्विश
Compare →
Nagarik News
4d ago
सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

प्रहरीका अनुसार ५५ वर्षीय रायलाई मंगलबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका-१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

#आफ्नै
Compare →
Ekantipur
4d ago
वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

वाई-फाई नेपालले सार्वजनिक गर्‍यो आफ्नै मोबाइल एप

ग्राहकलाई इन्टरनेट सेवा प्रयोग गर्न र व्यवस्थापन गर्न अझ सहज बनाउने उद्देश्यले यो एप ल्याइएको कम्पनीले जनाएको छ।

#आफ्नै
Compare →
Bizshala
1w ago
इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

इरान युद्धले रिपब्लिकनभित्रै विद्रोह, हेग्सेथविरुद्ध आफ्नै दलका सांसदको महाभियोग प्रस्ताव

काठमाण्डौ । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो पराजय बेहोरेपछि अमेरिकी रक्षामन्त्री पिट हेग्सेथविरुद्ध...

#आफ्नै
Compare →

Related Stories

Technology
Build #2612