Trending
Prev Story
Next Story

सौराहामा नेपथ्यको गुञ्जन

Ekantipur •
November 21, 2026 • 09:02 AM
10
10 reads 0 reactions

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा अमृत गुरुङले दुई घण्टा प्रस्तुति दिँदा देशभरबाट आएका दर्शकले उत्साहपूर्वक साथ दिए।

सौराहामा नेपथ्यको गुञ्जन

चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार सौराहामा अमृत गुरुङले दुई घण्टा प्रस्तुति दिँदा देशभरबाट आएका दर्शकले उत्साहपूर्वक साथ दिए।

काठमाडौँ — राप्ती नदीवारि बिहीबार बेलुकी सङ्गीत सुन्न आउनेहरू नेपथ्य ब्यान्डको नेपाली लोकरक सुन्न पाउँदा मुग्ध थिए ।

विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारलाई नेपाली लोकरकसँग जोड्न नेपथ्यले सौराहामा कन्सर्ट गरेको छ ।

नेपथ्यले एक महिनाअघि काठमाडौँ उपत्यकाको कीर्तिपुरमा प्रस्तुति दिएको थियो । त्यसपछि सिक्किम, इटहरी र चारआलीमा उत्साहजनक उपस्थितिमाझ कन्सर्ट गरेको नेपथ्यले सौराहामा पनि दर्शकको उत्तिकै साथ पाएको छ ।

कन्सर्टका लागि मञ्चमा प्रवेश गर्दैगर्दा गायक अमृत गुरुङले दर्शकदीर्घाबाट ठूलो आवाज र तालीका साथ स्वागत पाएका थिए । ‘कोशीको पानी यो जिन्दगानी’ बाट सुरु भएको उनको गायनले दुई घण्टासम्म दर्शकलाई नचाएको थियो । ‘रातो र चन्द्रसुर्जे’ को प्रस्तुतिबाट उनले विश्राम लिए ।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।

कन्सर्ट हेर्न काठमाडौँदेखि समूह बाँधेर आएका दर्शक पनि देखिन्थे । ‘एक त नेपथ्यका पुराना गीतहरूले तानिएर आइपुग्छौँ,’ काठमाडौँदेखि समूहमा आएका सुनराकार ग्यात्सो कार्कीले प्रतिक्रिया दिए, ‘यति ठूलो सङ्ख्यामा आएका दर्शकको कुशल व्यवस्थापन गर्नुका साथै उनीहरूमा आपसी प्रेम र देशभक्तिको भावना भर्नुले नेपथ्य अनुभवको महत्त्व झनै बढाइदिने गरेको छ ।’

गत वर्ष चितवनमा नेपथ्य कन्सर्ट अनुभव गरेपछि फेरि हेर्न नारायणघाटदेखि आएको बताउनेहरू पनि उत्तिकै थिए ।

नेपथ्य कन्सर्ट आयोजना गर्नुको मूल उद्देश्य नै जतिसक्दो बढी दर्शकलाई सौराहासँग जोड्नु रहेको स्थानीय आयोजक टोलीका बिनेश थापाले बताए । ‘सौराहालाई सङ्गीतका माध्यमबाट प्रवर्धन गर्न सकेकामा गौरव महसुस गरेका छौँ,’ उनले भने । आएका जति सबै दर्शक खुसीसाथ फर्किएको देख्दा आफ्नो टिम नै प्रफुल्ल भएको पनि उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4h ago
नेपथ्यको संगीतमा झुम्यो सौराहा (तस्बिरहरू)

नेपथ्यको संगीतमा झुम्यो सौराहा (तस्बिरहरू)

सामान्यतया वन्यजन्तु र प्रकृति अवलोकनका लागि पर्यटकको चहलपहल हुने चितवनको सौराहामा बिहीबार साँझ भने संगीतप्रेमीको भीड लाग्यो। नेपाली लोकरक ब्यान्ड नेपथ्यको प्रस्तुतिले सौराहाको माहोल संगीतमय बन्यो।...

#सौराहा #नेपथ्य #चितवन
Compare →
Nagarik News
3d ago
चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

चितवन राष्ट्रिय निकुञ्ज घुम्ने पर्यटक बढे

दुर्लभ वन्यजन्तु पाटेबाघ, एकसिङ्गे गैँडा, घडियाल गोहीलगायतका जनावार हेर्ने मोह बढ्सँगै पर्यटकको सङ्ख्या पनि बढ्दै गएको हो।

#चितवन #निकुञ्ज
Compare →
Onlinekhabar
6d ago
नेपाल भ्रमणमा नेपथ्य

नेपाल भ्रमणमा नेपथ्य

सिक्किम र नेपालको पूर्वी भेगको यात्रा सकेर भर्खरै फर्किएको नेपथ्य ब्यान्डले फेरि नेपाल यात्राको थालनी गर्ने भएको छ । अबको यात्रा ठूला सहरमा नभई ग्रामीण बस्ती र मझौला सहरमा केन्द्रित हुँदै छ । ब्यान्ड चितवनको सौराहा, …

#नेपथ्य
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612