Trending
Prev Story
Next Story

शान्ति प्रक्रिया अघि बढाउन दुई तिहाइको सरकार मात्रै पर्याप्त हुँदैन : देव गुरुङ

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले मुलुक संविधान र विस्तृत शान्ति सम्झौताको बाटोबाट बाहिरिएको टिप्पणी गरेका छन् । उनले संविधान खारेज नभए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अहिले …

शान्ति प्रक्रिया अघि बढाउन दुई तिहाइको सरकार मात्रै पर्याप्त हुँदैन : देव गुरुङ

५ मंसिर, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले मुलुक संविधान र विस्तृत शान्ति सम्झौताको बाटोबाट बाहिरिएको टिप्पणी गरेका छन् ।

उनले संविधान खारेज नभए पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अहिले संविधान ‘कोमा’ मा रहेको बताएका हुन् । शनिबार काठमाडौंमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै गुरुङले गत भदौ २३ र २४ गतेका घटनापछि मुलुकको राजनीतिक प्रक्रिया संविधान र विस्तृत शान्ति सम्झौताको मर्मविपरीत अघि बढिरहेको दाबी गरे ।

उनले भदौ २३ र २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम संविधान र शान्ति सम्झौतालाई कार्यान्वयन तथा पूर्णता दिने दिशामा नभई त्यसलाई खारेज गर्ने दिशातर्फ उन्मुख भएको आरोप लगाए ।

निर्वाचनपछि बनेको सरकारलाई दुई तिहाइको सरकार भनिए पनि बहुमतका आधारमा मात्रै शान्ति प्रक्रियाका समस्या समाधान हुन नसक्ने उनको भनाइ छ ।

‘अहिले मुलुक बृहत् शान्ति सम्झौताको मर्मअनुसार अघि बढिरहेको देखिँदैन । संविधान खारेज भएको छैन तर यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । भदौ २३–२४ पछिको राजनीतिक घटनाक्रमले संविधान र बृहत् शान्ति सम्झौताको कार्यान्वयनलाई प्रभावित गरेको छ । शान्ति प्रक्रिया अघि बढाउन बहुमत वा दुईतिहाइको सरकार मात्र पर्याप्त हुँदैन,’ उनले भने ।

गुरुङले संक्रमणकालीन न्यायको विषय द्वन्द्वरत पक्षहरूबीचको सहमति र राष्ट्रिय समझदारीका आधारमा टुंग्याउनुपर्ने बताए ।

यसका लागि राजनीतिक दलहरूबीच पुन: सहमति र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू करिव १० महिनादेखि पूर्णता पाउन नसकेको र रिक्तताको अवस्था रहेको उल्लेख गरे । आयोग गठन र पूर्णताले मात्रै सबै समस्या समाधान नहुने भन्दै त्यसका लागि संविधान र शान्ति सम्झौताको मूल प्रक्रियामा फर्किनुपर्ने उनले बताए ।

‘यो द्वन्द्वरत पक्षबीचको सहमति र राष्ट्रिय समझदारीमा आधारित प्रक्रिया हो । त्यसैले राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति आवश्यक छ । आयोग गठन र पदपूर्ति महत्वपूर्ण भएपनि आयोग बनेर मात्रै सबै समस्या समाधान हुँदैन । संक्रमणकालीन न्यायलाई संविधान र वृहत शान्ति सम्झौताको मर्मअनुसार अघि बढाउनुपर्छ,’ गुरुङले भनेका छन् ।

गुरुङले सरकारसहित शान्ति प्रक्रियाका सबै पक्षलाई संविधानको मार्ग र शान्ति सम्झौताको मर्मअनुसार अघि बढ्न आग्रह पनि गरे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
8h ago
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह केहि सेकेन्ड अघि काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब...

#शान्ति #काठमाडौं
Compare →
Nagarik News
5h ago
बन्दु*क मिले, न्याय मिलेन: शान्ति सम्झौताको दुई दशक

बन्दु*क मिले, न्याय मिलेन: शान्ति सम्झौताको दुई दशक

विस्तृत शान्ति सम्झौता भएको दुई दशक बितिसकेको छ। २०६३ मंसिर ५ गते नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौता भएको थियो।

#शान्ति
Compare →
Ekantipur
7h ago
शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न दाहालको आग्रह

दाहालले शान्ति सम्झौता राष्ट्रिय प्रतिबद्धता भएकाले सरकार, दल र सबै सरोकारवालाले बाँकी काम पूरा गर्न साझा जिम्मेवारी लिनुपर्ने बताएका छन्।

#शान्ति
Compare →

Related Stories

Politics & Governance
Build #2612