Trending
Prev Story
Next Story

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

५ मंसिर, कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ । स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका दश वटा टिमबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष जेलिना भट्टले …

सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रिय ह्याकाथन प्रतियोगिता सुरु

५ मंसिर, कञ्चनपुर । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता सुरु भएको छ ।

स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले आयोजना गरेको प्रतियोगितामा पाँच वटा विश्वविद्यालयका दश वटा टिमबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष जेलिना भट्टले बताए ।

ह्याकाथन भनेको निश्चित छोटो समयभित्र प्रोग्रामर, डिजाइनर र विज्ञहरूले मिलेर सफ्टवेयर, एप वा प्रविधिमार्फत कुनै समस्याको समाधान वा प्रोटोटाइप तयार गर्ने प्रतिस्पर्धात्मक कार्यक्रम हो ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयका दश टिमबीच प्रतिस्पर्धा हुनेछ ।

सहभागी टोलीले ४८ घण्टाको अवधिमा समस्या पहिचान, समाधानको नमुना तयार गरी निर्णायकसमक्ष प्रस्तुति गर्ने प्रतियोगिता संयोजक भुपेन्द्र जोशीले जानकारी दिए ।

‘सहभागीहरुले समस्याको पहिचान गरेर टेक्लोलोजिको प्रयोग गरी समाधान निकाल्नेछ,’ उनले भने, ‘प्रतियोगिता ४८ घण्टासम्म सञ्चालन हुनेछ ।’

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पचास हजार, दोस्रोलाई  रु २५ हजार र तेस्रो हुने टिममलाई रु १५ हजार पुरस्कार प्रदान गरिने छ ।

सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्टले उद्घाटन गर्दै प्रतियोगिताले सहभागीबीच प्रतिभा प्रस्फुटन, प्रतिस्पर्धात्मक भावना र आपसी सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा महिलाले नेतृत्व गरेका टिममध्येबाट उत्कृष्ट हुनेलाई रु १० हजार नगद प्रदान गरिने संयोजक जोशीले जानकारी  दिए ।

यस्तै हार्डवेयरसम्बन्धी उत्कृष्ट प्रोजेक्ट निर्माण र स्थानीय समस्या समाधान गर्ने टोली तथा उत्कृष्ट प्रस्तुति र डिजाइन गर्नेलाई समेत पुरस्कृत गरिने जनाइएको छ ।

उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि २८ टिमले नाम दर्ता गराएकामा दश टिमलाई छनौट गरिएको हो ।  प्रतियोगितामा पाँच विश्वविद्यालयका विद्यार्थीहरुको सहभागिता छ ।

ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका आठ वटा ट्रयाकमा विद्यार्थीहरूले आफ्ना समाधान प्रस्तुत गर्ने छन् ।

ह्याकाथनमा सुदूरपश्चिम विश्वविद्यालयका साथै विभिन्न क्षेत्रका विद्यार्थीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
40m ago
एनपीएल फाइनलः सुदूरपश्चिम रोयल्सद्वारा लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

एनपीएल फाइनलः सुदूरपश्चिम रोयल्सद्वारा लुम्बिनी लायन्सलाई ब्याटिङको निम्तो

कीर्तिपुरमा दीपेन्द्रसिंह ऐरीको टोलीले पहिले बलिङ रोज्दै लुम्बिनीविरुद्ध फाइनलमा दबाब सिर्जना गर्ने रणनीति अपनाएको छ।

#सुदूरपश्चिम
Compare →
Nagarik News
56m ago
सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिमले टस जित्यो, लुम्बिनीलाई ब्याटिङको निम्तो

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनको फाइनलमा लुम्बिनी लायन्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ ।

#सुदूरपश्चिम
Compare →
Hamro Patro News
7h ago
आज लुम्बिनी र सुदूरपश्चिमबीच एनपीएल उपाधि भिड्न्त

आज लुम्बिनी र सुदूरपश्चिमबीच एनपीएल उपाधि भिड्न्त

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल आज हुँदैछ । उपाधिका लागि साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि क...

#सुदूरपश्चिम
Compare →
Bizshala
1d ago
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेपछि लुम्बिनीसँगै उपाधि भिडन्त

काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उपाधि भिडन्तमा फेरि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोएल्स...

#सुदूरपश्चिम
Compare →
Arthasansar
2d ago
टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

टस जितेर चितवनले रोज्यो ब्याटिङ, सुदूरपश्चिम फिल्डिङमा

चितवन राइनोजले जारी नेपाल प्रिमियर लिग सिजन ३ अन्तर्गत आजको खेलमा टस जितेको छ। । फाइनल प्रवेशका लागि सुदूरपश्चिम रोयल्ससँग...

#सुदूरपश्चिम
Compare →

Related Stories

Education & Youth
Build #2612