Trending
Prev Story
Next Story

अचानक भारतको सेयर बजार क्र्यास, ६ लाख करोड स्वाहा !

Bizshala •
November 19, 2026 • 05:04 PM
2
2 reads 0 reactions

नयाँ दिल्ली। बुधबार भारतीय शेयर बजारमा अचानक ठूलो गिरावट आएको छ। सेन्सेक्स र निफ्टीले सुस्त सुरुवात गरेपछि बजार...

अचानक भारतको सेयर बजार क्र्यास, ६ लाख करोड स्वाहा !

नयाँ दिल्ली। बुधबार भारतीय शेयर बजारमा अचानक ठूलो गिरावट आएको छ। सेन्सेक्स र निफ्टीले सुस्त सुरुवात गरेपछि बजार क्र्यास भएको हो। यसबाट लगानीकर्ताहरूको करिब ६ लाख करोड रुपैयाँ नोक्सान भएको छ।बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स अघिल्लो दिनको बन्द मूल्य ८२,५३२ बाट सुरुमा ८२,३७६ मा खुल्यो। तर दिउँसोसम्म ६०० अंकभन्दा बढी घटेर करिब ८१,७८० को स्तरमा कारोबार गरिरहेको थियो।

बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स अघिल्लो दिनको बन्द मूल्य ८२,५३२ बाट सुरुमा ८२,३७६ मा खुल्यो। तर दिउँसोसम्म ६०० अंकभन्दा बढी घटेर करिब ८१,७८० को स्तरमा कारोबार गरिरहेको थियो।

यसैगरी नेशनल स्टक एक्सचेन्ज (एनएसई) को निफ्टी अघिल्लो दिनको २५,३८७ बाट सुरुमा २५,३२३ मा खुल्यो। पछि २०० अंकभन्दा बढी खसेर २५,१४१ को स्तरमा पुग्यो।

बीएसईमा सूचीकृत कम्पनीहरूको कुल बजार पूँजीकरण अघिल्लो कारोबार दिनको करिब ५११.७१ लाख करोड रुपैयाँबाट घटेर ५०५.७१ लाख करोड रुपैयाँमा झरेको छ। यसअनुसार लगानीकर्ताहरूको लगभग ६ लाख करोड रुपैयाँ नोक्सान भएको गणना गरिएको छ।

गिरावटमा टाइटन, बजाज फाइनान्स, टीसीएस लगायतका ठूला कम्पनीका सेयरहरूमा पनि उल्लेखनीय गिरावट देखिएको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Ekantipur
1d ago
पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

पुँजीबजार सुधारको २१ बुँदे कार्ययोजना कार्यान्वयनमा सहकार्य गर्ने नेप्से सीईओको प्रतिबद्धता

स्टक ब्रोकर एसोसिएसन अफ नेपालसँगको भेटमा उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

#शेयर-बजार #स्टक
Compare →
Onlinekhabar
1d ago
ब्रोकर एसोसिएसन र नेप्से सीईओ भेटवार्ता : २१ बुँदे कार्ययोजना कार्यान्वयनमा जोड

ब्रोकर एसोसिएसन र नेप्से सीईओ भेटवार्ता : २१ बुँदे कार्ययोजना कार्यान्वयनमा जोड

२ मंसिर, काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीसँग भेटवार्ता गरेको छ । एसोसिएसनका अध्यक्ष सागर ढकालसहितको प्रतिनिधिमण्डलले नेप्से कार्यालयमा पुगेर नवनियुक्त सीईओ सुबेदीलाई बधाई तथा …

#शेयर-बजार #स्टक
Compare →

Related Stories

Business & Economy
Build #2612