काठमाडौँ । गत कात्तिक १६ गते विपक्षी दलहरूले न्यायालयको निष्पक्षता, प्रहरी तथा सुरक्षा निकायको कार्यशैली र प्रेस स्वतन्त्रतामाथि उठेका प्रश्नको निरूपण गर्न तत्काल संसद् अधिवेशन आह्वान गर्न माग गरेका थिए ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरूको सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले राज्यका महत्त्वपूर्ण निकायको कामकारबाहीमाथि उठेका प्रश्न संसद्मा छलफल गरेर टुङ्ग्याउनुपर्ने पनि माग गने निर्णय गरेका थिए ।
Read full story at source ( ratopati.com )