Trending
Prev Story
Next Story

जरिबानाले थिचिएका करदातालाई सरकारले ठूलो आँट गरेर स्किम ल्याएको छ, लाभ उठाउनुस् : अर्थमन्त्री

Onlinekhabar •
November 17, 2026 • 06:30 AM
1
1 reads 0 reactions

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि थिचिएका करदातालाई ठूलो आट गरेर स्किम ल्याएको भन्दै त्यसबाट फाइदा उठाउन आग्रह गरेका छन् । राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले …

जरिबानाले थिचिएका करदातालाई सरकारले ठूलो आँट गरेर स्किम ल्याएको छ, लाभ उठाउनुस् : अर्थमन्त्री

१ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर जरिबानाका कारण लामो समयदेखि थिचिएका करदातालाई ठूलो आट गरेर स्किम ल्याएको भन्दै त्यसबाट फाइदा उठाउन आग्रह गरेका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले बजेट मार्फत ल्याएका यस्ता स्किमको चर्चा र प्रचार नै हुन नसकेको गुनासो समेत गरे ।

इमानदारीपूर्वक सरकारले ठूलो आट गरेर यस्तो स्किम ल्याएको बताउँदै उनले भने, ‘हामीमा इमान नभएसम्म सरकारले यति बोल्ड निर्णय गर्नै सक्दैन, खर्बौंको विवाद सल्ट्याउन यो ठूलो अवसर हो ।’

अहिले लगानीका लागि पर्याप्त अवसर रहेको भन्दै मन्त्री वाग्लेले यस्तो अवस्थामा पनि लगानी नहुनेको निजी क्षेत्रतर्फ पनि प्रश्न उठ्ने बताए ।

विविध प्रतिकुलताका बिच कात्तिकसम्म भन्सारले राजस्व लक्ष्य पुरा गरेको जानकारी पनि उनले दिए । यो वर्ष महत्वाकांक्षी लक्ष्य राखिएको र गुड गभर्नेन्सका माध्यमबाट यो पुरा गरिने उनले बताए । अब आफैं फिल्डमा खटिएर काममा लाग्ने जानकारी उनले गराए ।

राजस्व प्रशासनले इमानदार करदातालाई दुःख दिनु हुँदैन भन्नेमा सरकार स्पष्ट रहेको पनि उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
सरकारले यी समस्या समाधान गरे बन्न सक्छ नेपालीलाई अवसर

सरकारले यी समस्या समाधान गरे बन्न सक्छ नेपालीलाई अवसर

ताईपेई,ताइवान । नेपाल सरकारले ताइवानसंग सम्बन्ध स्थापना गर्न सरकारकै अग्रसरता आवश्यक देखिएको छ । ताईवानमा करिब दुई सय नेपाली छन् । उनीहरुको एउटमात्रा माग छ– हामीपनि नेपाली हौ, हामीलाई सरकारले प्रश...

#अवसर #सरकारले
Compare →
Nagarik News
3d ago
मलद्वारमा लुकाएर ल्याएको वस्तुसहित एक जना पक्राउ

मलद्वारमा लुकाएर ल्याएको वस्तुसहित एक जना पक्राउ

प्रहरीले उक्त पदार्थसहित उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

#ल्याए
Compare →

Related Stories

Politics & Governance
Build #2612