Trending
Prev Story
Next Story

रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

Onlinekhabar •
November 17, 2026 • 04:01 AM
2
2 reads 0 reactions

१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा परिचित भए पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा …

रसुवाको डिल्पु कुण्ड : पर्यटकीय सम्भावना, पूर्वाधारको अभाव

१ मङ्सिर, रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधताले धनी छ । यहाँका गोसाइँकुण्ड र पार्वतीकुण्डजस्ता पर्यटकीय गन्तव्य स्वदेश तथा विदेशमा परिचित भए पनि कतिपय आकर्षक स्थल अझै प्रचारप्रसारको पर्खाइमा छन् । यस्तै, ओझेलमा परेको तर नयाँ पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको स्थान हो, डिल्पु कुण्ड ।

समुद्री सतहबाट करिब चार हजार ५५० मिटर उचाइमा रहेको यो कुण्ड आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत साञ्जेन हिमालको काखमा अवस्थित छ । स्थानीयस्तरमा यसलाई पाल्दोर कुण्डका नामले पनि चिनिन्छ ।

हिमालबाट निरन्तर पानी भरिने यस कुण्डको पानी स्वच्छ, पारदर्शी र अत्यन्त चिसो छ । कुण्डवरिपरि फैलिएका अल्पाइन घाँसेमैदान, चट्टानी भूभाग र हिमाली वनस्पतिले यहाँको प्राकृतिक सौन्दर्यलाई थप मनमोहक बनाएका छन् । विशेषगरी गर्मी याममा फुल्ने दुर्लभ हिमाली फूलले प्रकृतिप्रेमीलाई आकर्षित गर्छन् । मौसम सफा भएका बेला कुण्ड परिसरबाट वरिपरिका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरतासँगै डिल्पु कुण्डको धार्मिक तथा सांस्कृतिक महत्व पनि छ । स्थानीय तामाङ समुदायले यसलाई पवित्र तीर्थस्थलका रूपमा सम्मान गर्दै आएका छन् । लिखित ऐतिहासिक अभिलेख नभए पनि पुस्तान्तरण हुँदै आएका मौखिक जनश्रुतिले यसलाई आस्थाको केन्द्रका रूपमा स्थापित गरेको छ । विशेष पर्व तथा अवसरमा स्थानीय बासिन्दा यहाँ पुगेर पूजाआजा र धार्मिक अनुष्ठान गर्छन् ।

डिल्पु कुण्ड पुग्न काठमाडौँबाट सडकमार्ग हुँदै रसुवाको सदरमुकाम धुन्चे र त्यहाँबाट चिलिमेसम्म पुग्न सकिन्छ । चिलिमेबाट स्थानीय पदमार्ग हुँदै साञ्जेन क्षेत्र र त्यहाँबाट पैदल यात्रा गरेर कुण्ड पुग्न सकिन्छ । हिमाली क्षेत्र भएकाले मौसम र बाटोको अवस्था बुझेर स्थानीय पथप्रदर्शकको सहयोगमा यात्रा गर्नु उपयुक्त हुन्छ ।

यहाँको भ्रमणका लागि वैशाख, जेठ र असोज–कात्तिक महिना अनुकूल मानिन्छ । यो समयमा आकाश खुल्ने भएकाले हिमाल र कुण्डको स्पष्ट दृश्य देख्न सकिन्छ । हिउँदमा अत्यधिक चिसो र हिमपात हुने भएकाले यात्रा कठिन हुन सक्छ ।

पर्यटकीय सम्भावना भए पनि डिल्पु कुण्डमा आवश्यक पूर्वाधारको अभाव छ । पदमार्गमा स्पष्ट सङ्केत बोर्ड नहुनु, खानेपानी तथा बासस्थानको उचित प्रबन्ध नहुनु र फोहोर व्यवस्थापनमा ध्यान नपुग्नु यहाँका मुख्य चुनौती हुन् ।

रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले डिल्पु कुण्डजस्ता ओझेलमा परेका गन्तव्यको प्रवर्द्धन गर्न सके जिल्लाको पर्यटनमा नयाँ आयाम थपिने बताए ।

उनका अनुसार डिल्पु कुण्डलाई नजिकैको पार्वतीकुण्ड र साञ्जेन क्षेत्रका अन्य प्राकृतिक तथा सांस्कृतिक गन्तव्यसँग जोडेर एकीकृत पदमार्गका रूपमा विकास गर्न आवश्यक छ ।

‘यस्ता लुकेका गन्तव्यमा आधारभूत पूर्वाधार, पदमार्ग सुधार र पर्याप्त प्रचारप्रसार गर्न सके स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउन सकिन्छ,’ न्यौपानेले भने, ‘यसले स्थानीय अर्थतन्त्र, रोजगारी सिर्जना र सांस्कृतिक संरक्षणमा प्रत्यक्ष टेवा पुग्ने भएकाले स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीच सहकार्य आवश्यक छ ।’

आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले गाउँपालिकाभित्रका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धनलाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए । ‘डिल्पु कुण्डको प्राकृतिक र सांस्कृतिक महत्व जोगाउँदै पदमार्ग व्यवस्थापन, सङ्केत बोर्ड स्थापना र आधारभूत पूर्वाधार निर्माणका लागि गाउँपालिकाले योजनाबद्ध रूपमा काम अघि बढाउनेछ,’ उनले भने, ‘पर्यटन व्यवसायी र स्थानीय समुदायसँगको सहकार्यमा यस क्षेत्रलाई आकर्षक गन्तव्यका रूपमा विकास गर्न हामी प्रतिबद्ध छौँ ।’

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
5h ago
पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाईंकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै...

#रसुवा #कुण्ड #गन्तव्य
Compare →
Nagarik News
3h ago
पर्यटक पर्खिरहेको रसुवाको डिल्पु कुण्ड

पर्यटक पर्खिरहेको रसुवाको डिल्पु कुण्ड

हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ।

#रसुवा #कुण्ड #डिल्पु
Compare →

Related Stories

Education & Youth
Build #2612