पाथीभरा क्षेत्र विकास समितिका अनुसार गतवर्षको कात्तिक महिनामा ४२ हजार २६१ जना पुगेका थिए । त्यसको तुलनामा २१ हजार ८४५ जनाले वृद्धि भएको हो ।
ताप्लेजुङ — ३ हजार ७९४ मिटर उचाइमा रहेको पाथीभरामा कात्तिक महिनामा ६४ हजार १०६ जना तिर्थयात्री पुगेका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार गतवर्षको कात्तिक महिनामा ४२ हजार २६१ जना पुगेका थिए । त्यसको तुलनामा २१ हजार ८४५ जनाले वृद्धि भएको हो ।
समितिले ३१ सय मिटर उचाइमा रहेको माथिल्लो फेदीमा तिर्थयात्रीको संख्या संकलन गर्दै आएको छ ।
पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार गत शनिबार कात्तिक महिनाकै सबैभन्दा बढी ११ हजार २७२ तिर्थयात्री मन्दिर पुगेका थिए भने १७ कात्तिकमा १० हजार ६१६ जना पुगेका थिए ।
पाथीभरा पुग्न काफ्लेपार्टीबाट कम्तिमा ५ किलोमिटर जाँदा आउँदा पैदल यात्रा गर्नुपर्छ । सुकेटारदेखि काफ्लेपार्टीसम्मको १२ किलोमिटर सडक कच्ची छ ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।