Trending
Prev Story
Next Story

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

Bizshala •
November 16, 2026 • 03:34 AM
3
3 reads 0 reactions

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज लगातार दोस्रो दिन पनि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार आज लगातार दोस्रो दिन पनि अमेरिकन डलर, चाइनिज युआन, साउदी रियाल, मलेसियन रिंगेट, कुवेती दिनार, हङकङ र ओमानी रियालको विनिमयदर पनि स्थिर छ।

यस्तै युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्रांक, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिंगापुर डलर र स्विडिस क्रोनरको मूल्य बढ्दा जापानिज येन, कतारी रियाल र बहराइन दिनारको भाउ भने बढेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ५४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९० पैसा र बिक्रीदर १९९ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर १८० रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ४६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २६ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३० पैसा र बिक्रीदर ४१ रुपैयाँ ४७ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ९७ पैसा र बिक्रीदर ४१ रुपैयाँ १४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९६ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २७ पैसा र बिक्रीदर ११ रुपैयाँ ३१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १५ रुपैयाँ र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ १९ पैसा र बिक्रीदर २२ रुपैयाँ २८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४८७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४८९ रुपैयाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ०७ पैसा बिक्रीदर ४०० रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३९० रुपैयाँ ८७ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ४३ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ। युरोप...

#विनिमयदर #आजका #मुद्रा
Compare →
Onlinekhabar
1w ago
विदेशी मुद्राको विनिमयदर स्थीर

विदेशी मुद्राको विनिमयदर स्थीर

२२ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्धारण गरेअनुसार आज विदेशी मुद्राको विनिमयदर स्थीर छ । डलर, युरो, पाउण्डसहितका अधिकांश विदेशी मुद्राको विनिमय दर फेरबदल भएको छैन । राष्ट्र बैंकका अनुसार शनिबारकै भाउ आइतबार पनि कायम …

#मुद्रा #निर्धारण #विनिमयदर
Compare →
Nagarik News
1w ago
आजका लागि तोकियो विदेशी मुद्राको नयाँ विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको नयाँ विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा निर्धारण गरिएको छ।

#निर्धारण #आजका #मुद्रा
Compare →
Ekantipur
1d ago
२९ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

२९ कार्तिक २०८३ : विदेशी मुद्राको भाउ कति?

अमेरिकी डलर रु १५१.०९मा, युरो रु १६७.१०मा र भारतीय रुपैयाँ (सय इकाई) रु १६०.१५मा बिक्री हुने गरी आजको विनिमय दर सार्वजनिक।

#डलर #मुद्रा
Compare →
Arthasansar
4d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#डलर #निर्धारण #विनिमयदर
Compare →

Related Stories

Business & Economy
Build #2612