Trending
Prev Story
Next Story

मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने

Nagarik News •
November 14, 2026 • 11:28 AM
3
3 reads 0 reactions

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

मधेशले मालिक खोजेको होईन सेवक खोजेको हो : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्ना सांसदहरुलाई जनताको अपेक्षाअनुसार काम गर्न निर्देशन दिएका छन् ।

छठ पर्वको अवसरमा जनकपुरधाममा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै सभापति लामिछानेले आफ्ना सांसदहरुलाई जनताको मालिक नभई सेवक बनेर काम गर्न निर्देशन दिए । सभापति लामिछाने छठ पर्व मनाउने सन्दर्भमा शनिबार जनकपुर आइपुगेका हुन् ।

उनले सांसदहरुको जीवनशैलीमा परिवर्तन नभई आफ्नो अमूल्य मत दिएका मतदाताहरुको जीवनशैलीमा परिवर्तन आउने गरी काम गर्न पार्टीका सांसदहरुलाई सुझाव दिए । जनताको अपेक्षाअनुसार काम नगरे अर्को चुनावमा यही जनताले तह लगाउन बेर नलगाउने सभापति लामिछानेले बताए ।

सभापति लामिछानेले चुनाव नजिकिएसंगै मधेश प्रदेशमा रास्वपाको टिकटका लागि अग्रीम उम्मेदवारी घोषणा गर्नेहरुको चर्चा हुन थालेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले कतिपय स्थानहरुबाट टिकट पक्का गराईदिने भन्दै आर्थिक लेनदेन समेत हुनथालेको भन्ने सुनेको बताए । सभापति लामिछानेले ती सबै टिकटको लोभ गरेर आफ्नो उम्मेदवारी घोषणा गर्नेहरुको सपना साकार नहुने बताए । उनले कसैलाई पनि टिकटको लागि पैसा लेनदेन नगर्न आग्रह गरे । कसैले टिकट दिने नाममा आर्थिक चलखेल गरेको सूचना पाए नजिकको प्रहरी चौकीमा गएर उजुरी दिन साभापति लामिछानेले आग्रह गरे । साथै उनले त्यस्तो जानकारी दिनेसमेतलाई रास्वपाले पुरस्कार दिने उद्घोष गरे ।

सभापति लामिछानेले विभिन्न काल खण्डमा भएका आन्दोलनहरुमा सहादत प्राप्त गरेका सम्पूर्ण सहिदहरुको रास्वपाले सम्मान गर्ने र उनीहरुले खोजेको हक अधिकार रास्वपाले मधेशलाई दिने प्रतिब्द्धता जाहेर गरे ।

प्रकाशित: २८ कार्तिक २०८३ १७:१३ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
35m ago
रवि लामिछानेको स्वागतमा विमानस्थलको सुरक्षा घेरा तोडियो, संवेदशील क्षेत्र ‘एप्रोन’ सम्म पुगे नेता–कार्यकर्ता

रवि लामिछानेको स्वागतमा विमानस्थलको सुरक्षा घेरा तोडियो, संवेदशील क्षेत्र ‘एप्रोन’ सम्म पुगे नेता–कार्यकर्ता

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको स्वागतका लागि जनकपुर विमानस्थल पुगेका पार्टीका नेता तथा कार्यकर्ताले विमानस्थलको सुरक्षा संवेदनशीलता उल्लङ्घन गरेका छन् । ...

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →
Onlinekhabar
8h ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#रवि-लामिछाने #रवि #लामिछाने
Compare →

Related Stories

Politics & Governance
Build #2612