Trending
Prev Story
Next Story

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

Nagarik News •
November 11, 2026 • 08:05 AM
1
1 reads 0 reactions

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किङ्समा जाने भएका छन् भने पञ्जाबका प्रमुख तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध हुने भएका छन् ।

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२७ सिजनअघि दुई ठूला फ्रेन्चाइज बीच महत्वपूर्ण खेलाडी साटफेर भएको छ ।

मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किङ्समा जाने भएका छन् भने पञ्जाबका प्रमुख तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध हुने भएका छन् ।

आइपिएल २०२७ अघि भएको यस चर्चित ट्रेडले दुवै टोलीको संरचनामा महत्वपूर्ण परिवर्तन ल्याउने देखिएको छ । भारतीय क्रिकेट टोलीका अलराउन्डर पाण्ड्या १८ करोड भारुमा पञ्जाब जानेछन् ।

यसअघि उनले मुम्बईबाट १६ करोड ३५ लाख भारु पारिश्रमिक पाउँदै आएका थिए । अर्शदीप भने आफ्नो पुरानै १८ करोड भारु पारिश्रमिकमा मुम्बई जानेछन् ।

पाण्ड्याको मुम्बईसँगको दोस्रो यात्रा यससँगै समाप्त हुनेछ । उनले सन् २०१५ मा मुम्बईबाटै आइपिएल करियर सुरु गरेका थिए । मुम्बईमा रहँदा उनले २०१५, २०१७, २०१९ र २०२० मा गरी चार पटक आईपीएल उपाधि जितेका थिए । मुम्बईमा सात सिजन बिताएपछि पाण्ड्या सन् २०२२ मा गुजरात टाइटन्स पुगेका थिए ।

कप्तानको जिम्मेवारी पाएका उनले पहिलो सिजनमै गुजरातलाई उपाधि दिलाएका थिए । गुजरात सन् २०२३ मा पनि फाइनल पुगेको थियो । सन् २०२४ मा पुनः मुम्बई फर्किएका पाण्ड्याले कप्तानी सम्हालेका थिए ।

उनले आइपिएलका १६२ खेलमा २ हजार ९ सय ५५ रन बनाउनुका साथै ८२ विकेट लिएका छन् । उनको स्ट्राइक रेट १४६.२८ रहेको छ । अर्शदीपले आठ सिजन पञ्जाब किङ्समा बिताएपछि नयाँ यात्रा सुरु गर्नेछन् ।

सन् २०१९ मा पञ्जाबबाटै आइपिएलमा डेब्यु गरेका उनी टोलीका सर्वाधिक विकेट लिने बलर हुन् । उनले ९६ खेलमा १११ विकेट लिएका छन् ।

भारतका लागि टी ट्वान्टी अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिने बलरसमेत रहेका अर्शदीप नयाँ बलबाट विकेट निकाल्न र डेथ ओभरमा प्रभावकारी बलिङ गर्न माहिर छन् ।

उनले सन् २०२५ को आइपिएलमा २१ तथा २०२६ को सिजनमा १४ विकेट लिएका थिए । बायाँहाते तीव्र गतिका बलर अर्शदीपको आगमनले मुम्बईको बलिङ आक्रमण थप बलियो हुने अपेक्षा गरिएको छ ।

ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने पाण्ड्याको उपस्थितिले पञ्जाबको टोलीलाई नयाँ सन्तुलन दिनेछ ।

प्रकाशित: २५ कार्तिक २०८३ १३:५० बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6d ago
हार्दिक पाण्ड्यालाई पञ्जाब पठाएर अर्शदीपलाई भित्र्याउँदै मुम्बई

हार्दिक पाण्ड्यालाई पञ्जाब पठाएर अर्शदीपलाई भित्र्याउँदै मुम्बई

काठमाडौं । पाँच पटकको आईपीएल च्याम्पियन मुम्बई इन्डियन्सले कप्तान हार्दिक पाण्ड्यालाई पञ्जाब किंग्ससँग साट्ने तयारी गरेको छ। क्रिकइन्फोका अनुसार मुम्बईले हार्दिकलाई पञ्जाब पठाएर बायाँहाते तीव्र गतिका बलर अर्शदीप सिंहलाई टोलीमा भित्र्याउन लागेको हो। दुवै फ्रेन्चाइजले खेलाडी साटफेरका …

#मुम्बई #पञ्जाब #पाण्ड्या
Compare →
Hamro Patro News
5d ago
आईपीएलमा ठूलो परिवर्तन, हार्दिक र अर्शदीपले अब कुन टिमबाट खेल्ने ?

आईपीएलमा ठूलो परिवर्तन, हार्दिक र अर्शदीपले अब कुन टिमबाट खेल्ने ?

स्टार अलराउन्डर हार्दिक पाण्ड्यालाई तीव्र गतिका बलर अर्शदीप सिंहको स्थानमा पञ्जाब किंग्स टोलीमा समावेश गरिएको छ। समाचार एजेन्सी पीटीआईका अनुसार यो आदानप्रदान आईपीएल लिलामी अघि मुम्बई इन्डियन्स र प...

#पञ्जाब #अर्शदीप #हार्दिक
Compare →

Related Stories

Sports
Build #2611