Trending
Prev Story
Next Story

महाधिवेशनमा आर्थिक चलखेल भएको प्रचार आधारहीन: विश्वप्रकाश

Nagarik News •
November 09, 2026 • 02:46 PM
4
4 reads 0 reactions

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा चलाइएको प्रचार पूर्ण रूपमा आधारहीन भएको बताएका छन्।

महाधिवेशनमा आर्थिक चलखेल भएको प्रचार आधारहीन: विश्वप्रकाश

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा नेतृत्व परिवर्तनका लागि आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा चलाइएको प्रचार पूर्ण रूपमा आधारहीन भएको बताएका छन्।

नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले कुनै बिचौलियाले भनेकै भरमा करोडौँ रुपैयाँको लेनदेन भएको निष्कर्ष निकाल्न नमिल्ने बताए।

गगन थापा र आफूले पार्टीको नेतृत्व फेर्न करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपप्रति प्रश्न उठाउँदै उनले पटक-पटक सत्ताको लाभ लिएका नेताहरू र आफूहरूबीचको राजनीतिक तथा आर्थिक हैसियत तुलना गर्न आग्रह गरे।

कुनै आपराधिक घटनामा पक्राउ परेको व्यक्तिले कसैको नाम जोड्दैमा त्यसलाई अदालत वा कानुनले प्रमाणका रूपमा स्वीकार नगर्ने बताउँदै शर्माले सामाजिक सञ्जालका प्रायोजित हल्लाको पछि नलाग्न अनुरोध गरे।

शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५ औं महाधिवेशनसम्मका सम्पूर्ण प्रक्रिया पार्टीको विधि, विधान, पद्धति र संविधानअनुसार नै सम्पन्न भएको दाबी गरे।

महाधिवेशन प्रतिनिधिहरूको सार्वभौम निर्णय कार्यान्वयन भइसकेको भन्दै उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यासलाई लिएर अनावश्यक भ्रम नछर्न आग्रह गरे।

पार्टी रूपान्तरणबारे बोल्दै शर्माले भने, ‘राष्ट्रिय आवश्यकता र बदलिँदो परिस्थितिअनुसार नेपाली कांग्रेसलाई नयाँ सोच, ऊर्जा र दिशासहित अघि बढाउनुपर्ने समय आएको छ। पार्टीको विशेष महाधिवेशनदेखि आगामी १५ औं महाधिवेशनसम्मका प्रक्रिया विधि, विधान र पद्धतिअनुसार अघि बढेका छन्। अपुष्ट आरोप र हल्लाभन्दा तथ्य, प्रमाण र विवेकलाई प्राथमिकता दिनुपर्छ।’

पार्टीलाई चुस्त, व्यवस्थित र योजनाबद्ध रूपमा अघि बढाउँदै देशको समृद्धिमा लाग्नुपर्ने खाँचो औंल्याउँदै उनले थपे, ‘अब काभ्रे कांग्रेसले गाउँ, टोल र जनताको घरदैलोसम्म पुगेर संगठन बलियो बनाउनुपर्छ। अनुभवी नेतृत्व र युवापुस्ताको सहकार्यमा जिल्लामा नयाँ उत्साह, विश्वास र ऊर्जा जगाउनुपर्छ। हामी अध्ययन, मेहनत, एकता र योजनाका साथ पार्टी तथा देशको समृद्धिका लागि अघि बढ्नुपर्छ।’

वरिष्ठ उपसभापति शर्माले संगठन विस्तार र सुदृढीकरणका लागि कार्यकर्ताहरू गाउँ र समुदायस्तरमा पुग्नुपर्ने बताए। कार्यकर्तामा आशा र आत्मविश्वास जगाउन सके मात्र समाजमा कांग्रेसप्रति नयाँ विश्वास स्थापित हुने उनको भनाइ थियो।

प्रकाशित: २३ कार्तिक २०८३ २०:३१ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
5d ago
महाधिवेशनमा आर्थिक चलखेलको प्रचार आधारहीन : महामन्त्री शर्मा

महाधिवेशनमा आर्थिक चलखेलको प्रचार आधारहीन : महामन्त्री शर्मा

२३ कात्तिक, काभ्रे । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका हल्लाका भरमा प्रश्न नउठाउन आग्रह गरेका छन्। सोमबार कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले …

#महाधिवेशन #चलखेल #प्रचार
Compare →
Hamro Patro News
5d ago
सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको  आग्रह

सामाजिक सञ्जालको हल्लाका भरमा कांग्रेसको महाधिवेशनमाथि प्रश्न नउठाउन विश्वप्रकाशको आग्रह

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशनमा आर्थिक चलखेल भएको भन्दै सामाजिक सञ्जालमा भइरहेका प्रचार आधारहीन भएको बताएका छन्। नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला का...

#विश्वप्रकाश #महाधिवेशन
Compare →
Bizshala
1w ago
नेपाल क्यान मुभविरुद्धका उजुरी महिनौँसम्म निष्कर्षविहीन, उन्मुक्तिका लागि चलखेल

नेपाल क्यान मुभविरुद्धका उजुरी महिनौँसम्म निष्कर्षविहीन, उन्मुक्तिका लागि चलखेल

काठमाण्डौ । एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको राजस्व चुहावटसम्बन्धी मागदाबी जोडिएको नेपाल क्यान मुभ प्रकरणमा...

#चलखेल
Compare →
Ekantipur
1w ago
समानान्तर महाधिवेशनलाई तीव्रता दिँदै देउवा पक्ष

समानान्तर महाधिवेशनलाई तीव्रता दिँदै देउवा पक्ष

हामी विधि र न्यायको पक्षमा छौं, कांग्रेसको जुन मूल्य र मान्यता छ, त्यो विचार बोकेका छौं भन्ने साथीहरू सक्रिय हुनुभएको छ, विशेष महाधिवेशनमा सहभागी साथीहरू पनि जोडिनुभएको छ, जोडिने क्रम जारी छ : प्रकाशशरण महत कांग्रेस नेता, देउवा पक्ष

#महाधिवेशन
Compare →

Related Stories

Politics & Governance
Build #2612