पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक प्रहरी जवानको मृत्यु भएको छ ।
नारायणघाटबाट कावासोतीतर्फ जादै गरेको बाप्र०२-०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको लु ३ त ३६३३ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक डडेलधुराको खटेडा १ का नेपाल प्रहरीका जवान २४ वर्षका लोकेश भण्डारीको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
Read full story at source ( gorkhapatraonline.com )