Trending
Prev Story
Next Story

यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

Onlinekhabar •
November 08, 2026 • 11:31 AM
1
1 reads 0 reactions 4 comments

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा …

यू-१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

२२ कात्तिक, काठमाडौं । ओमानमा भइरहेको एसीसी यू-१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको खेलमा नेपाल यूएईसँग ७ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १५४ रनको लक्ष्य यूएईले ३४.४ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्‍यो । कप्तान अयान मिसबाहले अविजित रहेर ७५ रन बनाए । यायिन राइले ३२ तथा अहमद खुदादले २४ रन बनाए ।

नेपालका लागि सुशील रावल, कप्तान बिपिन शर्मा र निरज पटेलले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४१ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।

नेपालका लागि सोहेल कुँवरले सर्वाधिक ३३ रन बनाए । सचिन भट्टले ३२, दर्श सोनार र निरज यादवले १६, आशिष लुहारले ११ रन बनाए ।

यूएईका लागि नसीम खानले ५ विकेट लिए भने अयान मिसबाहले ३ विकेट र नूरउल्लाह अयोबीले २ विकेट लिए ।

नेपाल पहिलो खेलमा भारतसँग पराजित भएको थियो । अब नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तानसँग खेल्नेछ ।

लगातार दुई हार बेहोरेको नेपालको सेमिफाइनल सम्भावना भने लगभग समाप्त भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5h ago
नेपालका दुवै टोलीले एसिया रग्बी यू–२० सेभेन्स खेल्ने

नेपालका दुवै टोलीले एसिया रग्बी यू–२० सेभेन्स खेल्ने

काठमाडौं । नेपालले भारतको ओडिशास्थित भुवनेश्वरमा हुने एसिया रग्बी एमिरेट्स यू–२० सेभेन्स प्रतियोगिता २०२६ मा महिला र पुरुष दुवै विधामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता आगामी नोभेम्बर १४ र १५ म...

#एसिया
Compare →

Related Stories

National (Nepal)
Build #2611